National life

साताको समीक्षा: नेप्से परिसूचक ०.३९ प्रतिशतले बढ्दा कारोबार कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२६ साउन २०८१, शनिबार
596Shares
साताको समीक्षा: नेप्से परिसूचक ०.३९ प्रतिशतले बढ्दा कारोबार कति ?
ncell

काठमाडौं ।  गत साता २७५५.६२ विन्दुमा बन्द भएको यस साता नेप्से परिसूचक सामान्य अंक बढेर  यस साता १०.७६ अंक अर्थात ०.३९ प्रतिशत बढेर २७६६.३८ विन्दुमा पुगेर बन्द भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस साता ४ कारोबार भएको थियो। जसमध्ये दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक १४५ अंक घटेको हो भने बुधवार १०८ अंक बढेको थियो।

नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकममा बृद्धि भएको छ । गत साता दैनिक औषतमा १९ अर्ब २६ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा २० अर्ब ९० करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ८.५१ प्रतिशत बढी हो। यस साता नेप्सेले कारोबार रकममा नयाँ रेकर्ड बनाएको छ।

यस साताको दोस्रो कारोबार दिन नेप्सेमा साढे २३ अर्बभन्दा बढीको शेयर किनबेच भएको थियो। जुन हालसम्मकै उच्च हो। यस साता दैनिक औषत शेयर सङ्ख्या ४.३३ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार सङ्ख्या ९.८२ प्रतिशत बढेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स ९.०७ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.३६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ५.७१ अंक घटेको छ । यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि सामान्य बढेको छ। गत साताको अन्तिम कारोबार दिन ४३ खर्ब ७२ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण, यस साता १८ अर्ब बढेर ४३ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ। जसमध्ये अन्य उपसमूहको परिसूचक सर्वाधिक ११.९४ प्रतिशत बढेको छ। गत साता २०७४.०७ विन्दुमा रहेको यस उपसमूहको परिसूचक, यस साता २४७.६३ अंक बढेर २३२१.७० विन्दुमा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
596SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?