काठमाडौं। गत साता २०१८.७६ विन्दुमा बन्द भएको नेप्से यस साताभने यस साता ५.५८ प्रतिशत अर्थात ११२.७३ अंक बढेर २१३१.४९ विन्दुमा पुगेको छ।
यस साता नेप्से परिसूचक साढे ५ प्रतिशतले बृद्धि भएर बन्द भएको हो । यस साता भएको ४ कारोबार मध्येमा सबै कारोबार दिन नेप्सेमा बृद्धि भएको छ ।
यस साता सेन्सेटिभ इण्डेक्स ६.७८ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ६.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ७.९४ प्रतिशत बढेको छ। त्यस्तै नेप्सेसँगै दैनिक औषत कारोबार रकमा समेत बृद्धि भएको हो ।
गत साता दैनिक औषतमा ३ अर्ब ७२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५० करोडको शेयर खरिदबिक्री भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत काराबार रकम ४७.८९ प्रतिशत अर्थात १ अर्ब ७८ करोड रुपैयाँ बढी हो।
नेप्सेसँगै यस साता कुल बजार पूँजीकरण पनि साढे ५ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३२ खर्ब १ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ७८ अर्ब रुपैयाँ बढेर ३३ खर्ब ७९ अर्ब रुपैयाँ पुगेको छ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक १३.४४ प्रतिशत बढेको छ। गत साता १०५१.४१ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १४१.३२ अंक बढेर ११९२.७३ विन्दुमा पुगेको छ।
नेप्सेमा यस साता तीन कम्पनीको १ करोड ९१ लाख २४ हजार ३४६.७१ कित्ता शेयर सूचीकृत भएको छ। यस साता समता घरेलु लघुवित्त र युनाइटेड इदी मार्दीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ।
यस साता बुद्धभुमि नेपाल हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक २९.०४ प्रतिशत बढेको छ। त्यस्तै, यस साता एनआईसी एशिया बैंकको शेयरमूल्य २५.७७ प्रतिशत र नबिल बैंकको १९.२६ प्रतिशत बढेको छ।


































