National life

साताभरमा साढे ४ प्रतिशत बढेको नेप्सेमा अन्य परिसूचक कति घटबढ भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१९ असोज २०८१, शनिबार
621Shares
साताभरमा साढे ४ प्रतिशत बढेको नेप्सेमा अन्य परिसूचक कति घटबढ भयो ?
ncell

काठमाडौँ ।  गत साता २४८६.७६ विन्दुमा बन्द भएको नेप्से, यस साता ४.४५ प्रतिशत अर्थात् ११०.७३ अंक बढेर २५९७.४९ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साताभरमा नेप्से परिसूचक करिब साढे ४ प्रतिशत बढेको हो।

साताभरमा भएको चार कारोबारका दिन दुई कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन नेप्से घटेको थियो। यस साता सोमबार र मङ्गलवार नेप्से बढेको थियो भने आइतबार र बुधवार नेप्से घटेको थियो।

यस साता सेन्सेटिभ इण्डेक्स ४.३० प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स ४.४१ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ४.७२ प्रतिशत बढेको छ। नेप्सेसँगै यस साता दैनिक औषत कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ५ अर्ब २२ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब ५४ करोडको शेयर कारोबार भएको छ।

यस साता दैनिक औषत शेयर सङ्ख्या भने २.६५ प्रतिशत र दैनिक औषत कारोबार सङ्ख्या ०.२० प्रतिशत घटेको छ। यस साता नेप्सेको कुल बजार पुँजीकरण पनि साढे ४ प्रतिशत बढेको छ। गत साताको अन्तिम कारोबार दिन ३९ खर्ब ५४ अर्ब रुपैयाँ रहेको कुल बजार पुँजीकरण यस साता १ खर्ब ७६ अर्ब रुपैयाँ बढेर ४१ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक १४.१३ प्रतिशत बढेको छ। गत साता २७६५.२४ विन्दुमा रहेको वित्त उपसमूहको परिसूचक, यस साता ३९०.७६ अंक बढेर ३१५६.०० विन्दुमा पुगेको छ।

यो समाचार शेयर गर्नुहोस्
621SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?