National life

सेयर बजारमा गिरावट: १० उपसूचक राताम्य, ८ अर्ब नजिक कारोबार

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१६ मंसिर २०८१, आइतबार
709Shares
सेयर बजारमा गिरावट: १० उपसूचक राताम्य, ८ अर्ब नजिक कारोबार
ncell

काठमाडौँ। साताको पहिलो कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ९.९९ अंकले घटेर २७३८.०६ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

बिना कारण बजारमा गिरावट आउँदा लगानीकर्तामा नैराश्यता छाएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत लगानीकर्ताको माग सम्बोधन हुन नसकेको वर्तमान समयमा बजारमा गिरावट आउँदा लगानीकर्ताको आत्मबलमा कमजोर देखिएको छ ।

आज नेप्सेमा कारोबार भएको ३२४ कम्पनीको १ करोड ६७ लाख ६७ हजार १६८ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ८३ करोड २२ लाख २५ हजार रुपैयाँको कारोबार भएको छ । आज बजारमा गिरावट आउँदा १० उपसूचक राताम्मै भएको छ।

आज विकास बैंक समूहको ४.५२ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.३० प्रतिशत र व्यापार समूहको ९.०७ प्रतिशतले शेयर मूल्य बढेको छ । उक्त दिन बजारमा गिरावट आउँदा पनि बिशाल बजार कम्पनी, कर्पोरेट डेलभपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रिन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
709SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?