National life

नेप्से परिसूचकमा २% को बढोत्तरी, दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर किनबेच

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२७ पुस २०८१, शनिबार
765Shares
नेप्से परिसूचकमा २% को बढोत्तरी, दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर किनबेच
ncell

काठमाडौँ । गत साता २५८६.२३ विन्दुमा बन्द भएको नेप्से, यस साता १.८९ प्रतिशत अर्थात् ४८.८६ अंक बढेर २६३५.०९ विन्दुमा पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
समग्रमा नेप्से परिसूचक यस साता २ प्रतिशत बढेर बन्द भएको छ।

साताको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन नेप्सेमा लगातार वृद्धि भएको छ ।  भने १ कारोबार दिन नेप्से घटेको थियो। यस साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से घटेर झिनो अंकले घटेर बन्द भएको हो ।

यस साता सेन्सेटिभ इण्डेक्स ४.९८ अंक बढेको छ भने फ्लोट इण्डेक्स ३.३९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८२ अंक बढेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ।

यस साता दैनिक औषतमा ६ अर्ब ५ करोडको शेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम २५.१२ प्रतिशत बढेको हो। गत साता दैनिक औषतमा ४ अर्ब ८४ करोडको शेयर खरिदबिक्री भएको थियो ।

यस साता नेप्सेको कुल बजार पूँजीकरण १.८९ प्रतिशत बढेको छ। नेप्सेको कुल बजार पूँजीकरण, यस साता ८१ अर्ब रुपैयाँ बढेर ४३ खर्ब ७० अर्ब पुगेको छ। गत साताको अन्तिम कारोबार दिन ४२ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ५.५७ प्रतिशत बढेको छ। उपसूचकको परिसूचक यस साता १९३.९९ अंक बढेर ३६७४.६२ विन्दुमा पुगेको छ।

यस साता बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ०.३८ प्रतिशत घटेको छ। त्यसैगरी, अंकका आधारमा भने यस साता व्यापार उपसमूहको परिसूचक ५.४० अंक घटेको छ। यस साता न्यादी हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ३९.३९ प्रतिशत बढेको छ।

यो समाचार शेयर गर्नुहोस्
765SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?