काठमाडौं। साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो गिरावट आएको छ। आज नेप्से परिसूचक ५५.५६ अंकले घटेर २६४६.९१ को बिन्दुमा कायम भएको छ।
सोमबार ३२७ वटा कम्पनीको दुई करोड नौ लाख १७ हजार कित्ता शेयर खरिदबिक्री हुदाँ नौ अर्ब ३६ करोड ९८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबै उपसूचकहरु राताम्मे बन्न पुगेका छन् । यो सँगै सबै क्षेत्रका लगाानीकर्ताहरुले ठुलो रकम गुमाएका छन्।
उक्त दिन सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३७ करोड ५७ हजार रुपैया बराबरको कारोबार भएको छ। त्यस्तै हिमालयन रिइन्स्योरेन्सको २७ करोड ९४ लाख १२ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको ।
त्यस्तै आज हाथवे इन्भेष्टमेन्टको २३ करोड ९२ लाख ७२ हजार रुपैयाँ, एचआइडिसिएलको २३ करोड १५ लाख ३ हजार रुपैयाँ, अपी पावर कम्पनीको २१ करोड ४५ लाख १८ हजार रुपैयाँको कारोबार भएको हो ।



































