National life

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१७ वैशाख २०८१, सोमबार
714Shares
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, कहिलेसम्म दिने आवेदन ?
ncell

काठमाडौँ। सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

(आज) सोमबारदेखि कम्पनीको ५ लाख ९० हजार १८७ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको हो । न्यूनतम प्रतिकित्ता मूल्य १७० रुपैयाँ निर्धारण गरिएको छ ।

बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखेको उक्त कम्पनीको सेयर खरिदका लागि विद्यमान संस्थापक वा अन्य जो कोही व्यक्ति वा कम्पनीहरूले खरिद आवेदन पेश गर्न सक्नेछन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलको कार्यालयमा प्रतिकित्ता के कति दरमा सेयर लिन चाहेको उल्लेख गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्नुपर्नेछ ।

सेयर खरिदका लागि न्यूनतम २ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।  इच्छुक लगानीकर्ताले आगामी जेठ ३ गतेभित्र आवेदन दिइसक्नु पर्ने कम्पनीले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
714SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?