National life

सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ माघ २०८१, बुधबार
818Shares
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न सरकारलाई निर्देशन
ncell

काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको सार्वजनिक लेखा समितिले सिमेन्टमा भएको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ।

आज सिंहदरबारमा बसेको समितिको बैठकले अस्वाभाविक रूपमा सिमेन्टमा मूल्यवृद्धि भएको भन्दै विस्तृत तत्काल मूल्यवृद्धि नियन्त्रण गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको हो।

उक्त बैठकले सिमेन्ट उद्योगमा लोडसेडिङ भएको जानकारी आएकाले त्यस विषयमा ऊर्जा मन्त्रालयसँग जानकारी माग गर्ने निर्णय गरिएको एक सहभागीले जानकारी दिएका छन्।

बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले अघोषित लोडसेडिङका कारण उत्पादनमा ह्रास आएकाले केही मूल्य वृद्धि भएको हुनसक्ने उल्लेख गर्दै सिमेन्ट उत्पादक र निर्माण व्यवसायीसँग समन्वय गरेर यस समस्याको समाधान गर्ने जानकारी गराएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?