National life

सार्वजनिक लेखा समितिलाई आफ्नो निर्णय पुनर्विचार गर्न इप्पानको आग्रह

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ फागुन २०८१, शुक्रबार
846Shares
सार्वजनिक लेखा समितिलाई आफ्नो निर्णय पुनर्विचार गर्न इप्पानको आग्रह
ncell

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सार्वजनिक लेखा समितिलाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजना वित्तीय व्यवस्थापनको समस्यामा परेको भन्दै इप्पानले समितिलाई आफ्नो निर्णयमा पुनर्विचार गर्न आग्रह गरेको हो । इप्पानका अध्यक्ष गणेश कार्कीले समितिको १९ औं बैठकमा पारित भएका निर्णयले गर्दा धितोपत्र बोर्डले ४२ वटा जलविद्युत् कम्पनीको आईपीओ निष्कासन रोकेको बताएका छन् ।

उनले सो निर्णयले निजी क्षेत्रबाट निर्माणाधीन जलविद्युत् आयोजनामा वित्तीय व्यवस्थापनमा बाधा पुर्याएको तथा स्थानीय लगानीकर्ताको आशंका बढाएको पत्रमा उललेख गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

इप्पानका अनुसार, हालसम्म निजी क्षेत्रबाट २,७४० मेगावाट विद्युत उत्पादन भइसकेको छ। ४,०६३ मेगावाटका आयोजना निर्माणाधीन छन् भने ४,३६३ मेगावाटका आयोजनाहरू विद्युत खरिद सम्झौता सम्पन्न गरेर वित्तीय व्यवस्थापनको पर्खाइमा छन्।

त्यस्तै, इप्पानले सार्वजनिक लेखा समितिको अर्को निर्णय ‘योजनाका संस्थापक शेयरधनीहरूले ऋण चुक्ता नभएसम्म शेयर बिक्री गर्न नपाउने’ व्यवस्थाले इक्विटी लगानीमै असर पार्ने पनि स्पष्ट पारेको छ ।

सरकारले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना, २०८१’ अनुसार आगामी १० वर्षमा २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य राखेको स्मरण गराउँदै, यस्तो नीतिगत अड्चनले लक्ष्य प्रभावित गर्ने इप्पानको भनाई रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
846SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?