National life

सीईओ पदका लागि निफ्राले पुनः खुलायो दरखास्त , शैक्षिक योग्यता कति चाहिन्छ ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०४ वैशाख २०८१, मङ्गलबार
686Shares
सीईओ पदका लागि निफ्राले पुनः खुलायो दरखास्त , शैक्षिक योग्यता कति चाहिन्छ ?
ncell

काठमाडौँ। नेपालको पहिलो पूर्वाधार बैंक,नेपाल इन्फ्रास्ट्रक्चर बैंक(निफ्रा) ले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि पुनः दरखास्त खुलाएको छ ।

बैंकले यसअघि सीईओ पदका लागि खुलाएको दरखास्त आह्वानमा पर्याप्त सङ्ख्यामा आवेदन नपरेकाले पुनः आवेदन खुलाइएको जानकारी गराएको छ । नेपाल सरकार तथा विभिन्न वित्तीय संस्थाद्वारा प्रवर्द्धित निफ्राले एक सूचना जारी गर्दै सीईओ पदपूर्तिका लागि पुनः दरखास्त आह्वान गरेको हो।

सीईओ पदका लागि व्यवस्थापन, बैंकिङ, फाइनान्स, मोनिटरी,अर्थशास्त्र, कर्मसी, अकाउन्टेन्सी, तथ्याङ, अकाउन्टिङ, गणित, व्यवसाय प्रशासन वा कानुनमा स्नाकोत्तर गरेको हुनुपर्ने सूचनामा उल्लेख गरिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

साथै बैंकले कम्तीमा १० वर्ष अफिसर स्तरमा काम गरेको वा बैंकिङ अथवा वित्त क्षेत्र, सरकारी निकायहरू, निजी क्षेत्र, विश्वविद्यालय अथवा अन्तर्राष्ट्रिय निकाय वा संस्थाहरू अधिकृतभन्दा माथिल्लो तहमा काम गरेको हुनुपर्नेछ उल्लेख गरेको छ।

यस्तै सीईओ पदका लागि नेपाल राष्ट्र बैंकले निर्धारण गरेको मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ। योग्य इच्छुक आवेदकले आवश्यक कागजातसहित आगामी ५ वर्षे व्यावसायिक रणनीति कार्य योजना समावेश गरी वैशाख १७ गते ५ः३० बजेसम्म आवेदन दिन सक्नेछन् ।

सर्टलिस्टमा परेका आवेदकलाई अगाडीको छनोट प्रक्रियामा समावेश गरिने बैंकले जनाएको छ । सिइओ रामकृष्ण खतिवडाले गत माघमा राजीनामा दिएपछि निफ्राको सिइओ पद रिक्त रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
686SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?