National life

भन्सारदर घटेको कारण सुनको मूल्य सस्तिएको हो, दैनिक उतारचढाव कायम छ: महासंघ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१० मंसिर २०८१, सोमबार
716Shares
भन्सारदर घटेको कारण सुनको मूल्य सस्तिएको हो, दैनिक उतारचढाव कायम छ: महासंघ
ncell

काठमाडौँ । सरकारले सुन आयातमा लगाउँदै आएको भन्सार दर ५० प्रतिशतले घटाएको छ । गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भन्सार दर २० बाट १० प्रतिशत कायम गर्ने निर्णय गरेको हो ।

यो निर्णय भएसँगै सोमबार सुनको मूल्यमा एकै पटक प्रतितोला १५ हजार ९ सयले घटेको छ । मूल्य घटेसँगै सुन प्रतितोला १ लाख ५१ हजार ३०० रुपैयाँ कायम भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
नेपाल र भारतबिचको भन्सार दर एउटै बनाउन १० प्रतिशत गर्ने निर्णय भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष अर्जुन रसाइलीले भन्सार घटाउने सरकारको निर्णय स्वागतयोग्य भएको भन्दै यसले राजस्व चुहावट हुनबाट बचाउने र अन्य कारोबार समेत चलायमान हुनमा प्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने बताएका छन् ।

आर्थिक वर्ष ०८/८२ को बजेटमा सरकारले भन्सार दर ५ प्रतिशतबाट बढाएर २० प्रतिशत बनाएको थियो । भन्सार बढेपछि व्यवसायीले घटाउन माग गर्दै आएका थिए । केही महिनाअघि नेपाल सुनचाँदी व्यवसायी महासंघको प्रतिनिधिमण्डलले अर्थमन्त्री विष्णु पौडेलसँग भेटेर भन्सार दर समायोजन गर्न आग्रहसमेत गरेको थियो ।

यसै विषयमा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष मणिकरत्न शाक्यले आर्थिक भ्वाइसँग कुराकानीकै क्रममा  सुनमा भन्सार घटाउने सरकारको निर्णयले आफूहरूको निरन्तरको आन्दोलन र मागको उचित सम्बोधन भएको बताएका छन् । ''सरकारले भन्सार घटाएपछि सुन स्टकमा रहेका व्यवसायीलाई नोक्सान त भयो, तर यसले सुनचाँदीको कारोबार र अवैध आयात घट्नेछ । यसले बजारलाई चलायमान बनाउन सहयोग गर्छ'' शाक्यले भने

साथै, भारतको भन्दा सुनमा भन्सार दर बढी भएकै कारण अहिले तस्करी बढ्ने र तस्करी गर्नेले धेरै नाफा कमाउने भएकोले तस्करीको सुन ओसारपसार गैर कानुनी रूपमा हुँदै आएको कारण व्यवसायी समेत मर्कामा परेको अवस्थामा सरकारको यो भन्सारदर घटाउने निर्णयले अब यो अवस्था समेत धेरै घट्ने उनको शाक्यको भनाई छ ।

भन्सारदर घटेको कारण सुनको मूल्यमा भारी गिरावट आएको भए पनि दैनिक रूपमा सुनको बढ्दो घट्दोक्रम कायम भएको महासंघका पूर्व अध्यक्ष शाक्यको भनाइ छ । उनले नेपालीका लागि घटेको भन्सारदरले अन्तर्राष्ट्रिय बजारमा कुनै किसिमको प्रभाव नपार्ने जनाएका छन् ।

‘सुनको भन्सार दर २० प्रतिशतबाट घटाएर १० र चाँदीको १५ बाट १० प्रतिशत कायम गरिएको छ, भारतले आफ्नो बजेटमार्फत सुनचाँदीमा लाग्दै आएको भन्सार दर १५ प्रतिशतबाट घटाएर ६ प्रतिशतमा झारेको छ । नेपालले भने चालु आर्थिक वर्षको बजेटमार्फत सुनको भन्सार दर ५ प्रतिशतले वृद्धि गरी २० प्रतिशत पुर्‍याएको थियो । यसले नेपालमा सुन महँगो र भारतमा सस्तो हुन पुगेको थियो ।

भन्सार दरबिच भएको असन्तुलनले अवैध कारोबार हुने भन्दै भन्सार दर ८ प्रतिशत कायम गर्नुपर्ने महासंघले सुझाएको थियो । मन्त्रिपरिषद्ले १० प्रतिशत कायम गरिदिएको हो । सुन आयातको भन्सार दर घटेसँगै उपभोक्तालाई राहत मिलेको व्यवसायीको भनाइ छ ।

यो समाचार शेयर गर्नुहोस्
716SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?