National life

सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा: सभा आह्वान, बुक क्लोज कहिले ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०९ असोज २०८१, बुधबार
528Shares
सुपर मादी हाईड्रोपावरको लाभांश घोषणा: सभा आह्वान, बुक क्लोज कहिले ?
ncell

काठमाण्डौ। सुपर मादी हाईड्रोपावर लिमिटेडले लाभांश घोषणा गरेको छ। असोज ८ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश दिने निर्णय गरेको हो।

आर्थिक वर्ष २०८०/८१ का लागि हाल कायम चुक्तापूँजीको ५ प्रतिशत बोनस सेयर र प्रस्तावित बोनस सेयरको कर प्रयोजनका लागि ५५ लाख २ध् ६ हजार ३१६ रुपैयाँ नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ।

लाभांश पारित गर्नका लागि कम्पनीले साधारण सभा समेत डाकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
कम्पनीको १५औं वार्षिक साधारण सभा कात्तिक ५ गते काठमाण्डौको बत्तिसपुतलीमा रहेको होटल इम्पेरियलमा बिहान ११ बजेदेखि सुरुलाई डाकेको छ ।

कम्पनीको अधिकृत पूँजी २ अर्ब २० करोड ५० लाख पुग्ने भएकाले सो पूँजीलाई प्रति सेयर रु १०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन गरिएको र कम्पनीको तत्काल जारी गर्ने पूँजी २ अर्ब २० करोड ५० हुने भएकाले सो पूँजीलाई प्रति सेयर रु १०० का दरले २ करोड २० लाख ५० हजार थान साधारण सेयरमा विभाजन भएको कम्पनीको पूँजी बृद्धिको प्रस्ताव पारित गरिनेछ ।

सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८०/०८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकद्वारा प्रस्तुत आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायत सोसँग सम्बन्धित अनुसुचीहरु उपर छलफल गरि पारित गर्ने र आव २०८१/८२ को लागी लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत सभाबाट पारित हुनेछ ।

 

यो समाचार शेयर गर्नुहोस्
528SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?