काठमाडौँ । साताको तेस्रो कारोबारका दिन शेयर बजारमा दोहोरो अकंको सुधार आएको छ । तिहारको मुखैमा बजारमा सुधार आउँदा लगानीकर्तामा हौसला थपिएको छ । बजारमा सुधार आएसँगै करेक्सनको चरन सकिएको विश्लेषकहरूको भनाई छ ।
बैंक–वित्तीय संस्थाहरूले प्रथम त्रैमासमा मुनाफा बढाएको वित्तीय प्रतिवेदन सार्वजनिक गरिरहेका छन् र नीति नियमहरू पनि क्रमशः शेयर बजारमैत्री बन्दै गएका छन् ।
राजनीतिक स्थिरता र तिहारको लागि बिक्री दबाब घटेसँगै अब बजारले थप बलियो हुने अपेक्षा गरिएको छ । सरकार स्थायित्वका लागि सत्तारूढ दलहरूबिचको सहमतिले लगानीकर्ताको मनोबल थप सुदृढ गरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४६.६९ अकंले बढेर २६९२.०५ बिन्दुमा बन्द भएको छ । आज ३१९ कम्पनीको १ करोड ३३ लाख ७३ हजार ४८१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १२ करोड ८२ लाख ६४ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
मङ्गलवार १३ वटै उपसूचकमा हरियाली छाएको छ। आज बैंकिङ समूहको १.६० प्रतिशत, विकास बैंक समूहको २.३२ प्रतिशत, फाइनान्स समूहको ०.३८ प्रतिशत, होटल तथा पर्यटन समूहको २.७७ प्रतिशतले शेयर मूल्य बढेको छ ।
बजारमा बढोत्तरी आउँदा सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

































