काठमाडौं। आज साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ। आज बजार ४७.४४ अंकले घटेर २६९७.९१ को विन्दुमा कायम भएको छ।
आज नेप्सेमा कारोबार भएको ३१५ कम्पनीको २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब १८ करोड २ लाख ६२ हजार रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि कारोबार रकममा भने बृद्धि भएको छ ।
आज बजारमा गिरावट आउँदा १२ उपसूचक राताम्मै भएको छ । उक्त दिन बजारमा गिरावट आउँदा इष्टर्न हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ ।
त्यसैगरी, गुडविल फाइनान्सको ८.४१ प्रतिशत, एनआइसी एशिया डिबेञ्चरको ५.८३ प्रतिशत, बुटवल पावर कम्पनीको ५.०३ प्रतिशतले सेयर मूल्य घटेको छ ।

































