काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा बढाउने प्रस्ताव गरेका छन्।
(आज) आइतबार मन्त्रालयमा भएको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री पौडेलले बीमाको दायरा बढाएर कम्तिमा पाँच लाख बनाउने प्रस्ताव गरेका छन् ।
'कर कोषबाट ल्याएर बीमामा रकम थप गरेर भएपनि स्वास्थ्य बीमाको दायरा बढाउने तयारीमा हामी छौुं मन्त्री पौडेलले भने, 'चिनीजन्य सामग्रीमा कर लगाएर भएपनि बीमामा रकम बढाउनुपर्छ।' लगाएर पनि बीमामा रकम बढाउनुपर्छ।
बीमा आवद्दता, प्रेषण , नवीकरण लगाएतमा पुनरावलोकन गरिने पनि मन्त्री पौडेलको भनाइ द्ध। यसैगरी कार्यक्रममा आवद्द सरकारी तथा गैरसरकारी सेवामा आवद्दहरुको बीदामा एकरुपता ल्याइने पनि उनको भनाइ छ।
साथै , आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निस्शुल्क उपचारका सबै कार्यक्रमलाई एकीकृत गरेर बीमामा जोड्ने योजना रहेको मन्त्री पौडेलको भनाई छ ।
[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/08/स्वास्थ्य-तथा-जनसङ्ख्य-मन्त्रीका-प्राथमिकता-तथा-कार्ययोजना.pdf" title="स्वास्थ्य तथा जनसङ्ख्य मन्त्रीका प्राथमिकता तथा कार्ययोजना"]


































