काठमाडौँ। साताको दोस्रो कारोबार दिन सेयर बजारमा भारी अंकको गिरावट आएको छ । उक्त दिन बजार ५७.९९ अंकले घटेर २६३९.९२ को विन्दुमा कायम भएको छ।
बजारमा गिरावट आउँदा समेत हिमालयन रिइन्स्योरेन्सको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको २२ करोड ३ लाख ६७ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
त्यस्तै, ङादी ग्रुप पावरको १७ करोड ७६ लाख ५३ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस कम्पनी कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको छ ।
साथै, कुमारी बैंकको १७ करोड ६८ लाख ६६ हजार रुपैयाँ, गुडविल फाइनान्सको १४ करोड २४ लाख ४९ हजार रुपैयाँ, कारोबार भएको हो ।



































