National life

‘हिमालयन रि’को आईपीओको प्री–अलोटमेन्ट सम्पन्न, कहिले गरिदै छ बाँडफाँड ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ पुस २०८०, सोमबार
645Shares
‘हिमालयन रि’को आईपीओको प्री–अलोटमेन्ट सम्पन्न, कहिले गरिदै छ बाँडफाँड ?
ncell

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्सको आईपीओको प्री–अलोटमेन्ट  सम्पन्न भएको छ । कम्पनीको आइपीओ यही हप्ताभित्र बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको  कम्पनीको जानकारी छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । तर, कुन दिन बाँडफाँड गर्ने भन्ने चाहिँ अझै तय नभइसकेको एनएमबिको जानकारी छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । यसमा दिने सवै आवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।

कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो ।

यो समाचार शेयर गर्नुहोस्
645SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?