National life

हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देशका सय भन्दा बढी स्टल रहने

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ वैशाख २०८१, शुक्रबार
834Shares
हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा, १२ देशका सय भन्दा बढी स्टल रहने
ncell

काठमाडौँ । निजी क्षेत्रका ऊर्जा उत्पादकहरूको साझा संस्था स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र एक्स्पो एण्ड इभेन्ट म्यानेजमेन्ट सर्भिसेज प्रालिको संयुक्त आयोजनामा आगामी वैशाख १२,१३ र १४ गते हुने चौथो संस्करणको ‘हिमालयन हाइड्रो एक्स्पो २०२४’को तयारी पुरा भएको जनाएको छ ।

वैशाख १२ गते बिहान ६ः३० बजे विद्युतीय सवारी (इभी)¥याली गर्दै एक्स्पोको सुरुवात हुने भएको छ  ।  भने वैशाख १३ गते राष्ट्रपति रामचन्द्र पौडेलबाट एक्स्पोको समुद्घाटन गर्ने कार्यतालिका रहेको आयोजकको भनाई रहेको छ ।

विद्युतको आन्तरिक खपत वृद्धि गर्न र वातावरणमैत्री सवारीसाधन प्रयोगबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको इभी ¥याली स्काई वाक टावर कमलादीबाट सुरु भई विद्युत् प्राधिकरण, सिंहदरबार, कोटेश्वर, ग्वार्को, जावलाखेल, थापाथली, शितल निवास, बालुवाटार लगायतका मुख्य मुख्य स्थानहरु हुँदै करिब २६ किलोमिटरको यात्रा तय गरी एक्स्पो आयोजना स्थल भृकुटीमण्डपमा समापन गरिने कार्यतालीका रहेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
¥यालीमा विद्युतबाट चल्ने दुई पाङ्ग्रे, तीन पाङ्ग्रे, चार पाङ्ग्रे र छ पाङ्ग्रे इभीहरुलाई निःशुल्क रुपमा सहभागी गराइने मूल आयोजक समितिको भनाई छ ।

‘समृद्धिका लागि हरित ऊर्जा’ भन्ने नारासहित आयोजना गर्न लागिएको यो एक्स्पोको पहिलो दिन इभी ¥यालीका अलावा प्रदर्शनी स्थल भृकुटीमण्डपमा उच्चस्तरीय बिजनेश मिटिङहरू समेत आयोजना गरेको छ । जसमा भारतका प्रतिष्ठित अडानी ग्रुप, पीटीसी, लगायतका कम्पनीका प्रतिनिधिहरूसँग बिजनेश मिटिङ हुने भएको छ । एक्स्पोमा अहिलेसम्म १२ भन्दा बढी देशका १०० भन्दा धेरै स्टलहरुको बुकिङ सम्पन्न भइसकेको छ ।

ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय र लगानी बोर्ड नेपालको संरक्षकत्वमा आयोजना हुने हाइड्रो एक्स्पोको कन्ट्री पार्टनरमा भारतीय राजदूतावास रहेको छ । नेपाल सरकारले भारतमा १० वर्षमा १० हजार मेगावाट विद्युत् दीर्घकालीन रुपमा निर्यात गर्ने सम्झौता भैसकेको तथा आगामी सन् २०३५ भित्र बंगलादेशमा समेत गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने उद्देश्यसहितको २८ हजार ५ सय मेगावाट विद्युत् उत्पादन गर्ने मार्गचित्र ऊर्जा जलस्रोत तथा सिञ्चाई मन्त्रालयले निर्माण गरिसकेको सन्र्दभममा र लगानी सम्मेलनको पूर्व सन्ध्यामा आयोजना हुने यो एक्स्पो ऊर्जा क्षेत्रको समग्र विकासका लागि महत्त्वपूर्ण हुने इप्पानको अपेक्षा छ ।

ऊर्जा देशको आर्थिक समृद्धि र उज्यालो नेपालसँग जोडिएकोले यसलाई मूर्त रूप दिने गरी निजी क्षेत्रबाट यो भव्य एक्स्पो आयोजना गरिएको हो । नेपालमा उत्पादित बिजुलीको आन्तरिक खपत वृद्धि गर्न तथा निर्यात बजारीकरणको ठूलो सम्भावनाका बारेमा ज्ञान र सूचना आदान प्रदान गर्न एक्स्पो उचित गन्तव्य हुने अपेक्षा राखिएको छ ।

एक्स्पोमा ऊर्जा विकाससँग सरोकार राख्ने सरकारी तथा गैरकारी निकाय, विश्वविद्यालय-कलेज, स्वदेशी तथा विदेशी लगानीकर्ता कम्पनी, दातृ निकाय, कुटनीतिज्ञ नियोगहरु, मित्र राष्ट्रहरु, राष्ट्रिय तथा अन्तराष्ट्रिय परामर्शदाता कम्पनी, निर्माण व्यवसायी कम्पनी, बैंक तथा वित्तिय संस्था, बीमा कम्पनी लगायतका सबै सरोकारवाला निकायका प्रतिनिधि, प्रबुद्ध व्यक्तित्व, विज्ञ, विशेषज्ञ लगायतलाई एकै थलोमा उपस्थित गराएर ऊर्जा समृद्धिका विभिन्न आयामहरूबारे नीतिगत बहसका साथै नयाँ नयाँ प्रविधि र उपकरणहरूको प्रदर्शनी गर्न झन्डै एक दर्जनभन्दा बढी देशहरूको सहभागिता निश्चित भइसकेको छ ।

यो समाचार शेयर गर्नुहोस्
834SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?