National life

हेरौँ काठमाडौं महानगरमा बैंक तथा वित्तीय संस्थाले कतिसम्म कर तिर्नुपर्छ ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१० असार २०८०, आइतबार
544Shares
हेरौँ काठमाडौं महानगरमा बैंक तथा वित्तीय संस्थाले कतिसम्म कर तिर्नुपर्छ ?
ncell

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षमा १ लाखसम्म कर तिर्नुपर्ने भएको छ ।

महानगरपालिकाभित्र रहेका बैंक तथा वित्तीय संस्थाले आगामी आर्थिक वर्षमा २ हजारदेखि १ लाख रुपैयाँसम्म कर तिर्नुपर्ने भएको हो । मेयर बालेन्द्र शाहले आज (आइतबार) सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८०र०८१ को आर्थिक विधेयकमा यस्तो व्यवस्था गरिएको छ ।

आगामी आर्थिक वर्षमा काठमाडौं महानगरपालिकालाई वाणिज्य बैंकको केन्द्रीय कार्यालयले १ लाख, वाणिज्य बैंक (प्रतिशाखा) ५० हजार, विस्तारित काउण्टरले २० हजार कर तिर्नुपर्ने भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विकास बैंक केन्द्रीय कार्यालयले ७५ हजार, विकास बैंकको शाखा कार्यालयका लागि प्रतिशाखा ४० हजार, विस्तारित काउन्टर १५ हजार, फाइनान्स कम्पनीको केन्द्रीय कार्यालयले ५० हजार, शाखा कार्यालयले प्रतिशाखा २५ हजार कर तिर्नुपर्ने व्यवस्था गरिएको छ ।

सहकारी बैंकको केन्द्रीय कार्यालयले २५ हजार, शाखा कार्यालयले १५ हजार, लघुवित्तको केन्द्रीय कार्यालयले २० हजार, शाखाले ३ हजार, महिला, उत्पादन, उपभोक्ता र श्रममा आधारित सहकारी संस्थाले २ हजार, सहकारी संस्थाको शाखा र सम्पर्क कार्यालयले ३ हजार कर तिर्नुपर्ने छ ।

त्यस्तै मनी एक्सचेञ्ज कम्पनीको केन्द्रले १५ हजार, मनी एक्सचेञ्जको शाखाले ५ हजार, रेमिट कम्पनीले प्रतिएकाई ४ हजार, बिमा कम्पनीको केन्द्रीय कार्यालयले ५० हजार, शाखाले प्रति शाखा २० हजार कर तिर्नुपर्ने छ भने, आर्थिक कारोबार (सेयर कारोबार वा अन्य आर्थिक कारोबार) गर्ने इन्भेष्टमेण्ट कम्पनीले १० हजार, सेयर रजिष्टार गर्ने कार्यालय (सेक्युरिटिज कम्पनी)ले २५ हजार र बैंक तथा वित्तीय संस्थाको एटिएम बुक राखे ५ हजार कर तिर्नुपर्ने छ ।

यो समाचार शेयर गर्नुहोस्
544SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?