National life

११औँ वर्षमा राष्ट्रिय बीमा कम्पनी, बीमा सेवा सरल र प्रभावकारी बनाउने प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१८ साउन २०८१, शुक्रबार
591Shares
११औँ वर्षमा राष्ट्रिय बीमा कम्पनी, बीमा सेवा सरल र प्रभावकारी बनाउने प्रतिबद्धता
ncell

काठमाडौँ। राष्ट्रिय बीमा कम्पनीले आफ्नो १०औँ वर्ष पुरा गरेर ११औँ वर्षमा प्रवेश गरेको छ। राष्ट्रिय बीमा कम्पनी लिमिटेड नेपाल सरकारको स्वामित्व प्राप्त एक मात्र निर्जीवन बीमा कम्पनी हो ।

११औँ वर्षमा प्रवेश गरेको अवसरमा कम्पनीले बीमा सेवा र बीमितहरुलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जाहेर गरेको छ । पाँच दशक लामो निर्जीवन बीमा व्यवसायको इतिहास रहेको कम्पनीले लामो व्यावसायिक यात्रा तय गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

वि.स.२०२४ सालमा राष्ट्रिय बीमा कम्पनी प्रालिका रूपमा स्थापना भए पश्चात् राष्ट्रिय बीमा संस्थान ऐन, २०२५ बमोजिम स्थापना भएको राष्ट्रिय बीमा संस्थानको निर्जीवन विभागलाई नेपाल सरकारको २०७१ वैशाख २३ गतेको निर्णयअनुसार छुट्टै सङ्गठित संस्थाको नाममा व्यवसाय सञ्चालन गर्ने निर्णयले २०७१ साल साउन १८ गतेबाट कारोबार सञ्चालन गरेको थियो।

कम्पनी आजदेखि स्थापनाको १०औँ वर्ष पुरा गरेर ११ औँ वर्षमा प्रवेश गरेको छ ।  यस अवधिमा सहकार्य गर्ने, सहयोग गर्ने तथा नागरिकको सम्पत्तिको लागि विश्वास गर्ने नेपाल सरकार, नेपाल बीमा प्राधिकरण र आम नागरिकहरूप्रति धन्यवाद व्यक्त गरेको छ ।

आन्तरिक स्रोत र साधनहरूको परिचालन मार्फत अर्थतन्त्र गतिशील बनाउने, बीमा सेवाको माध्यमबाट आर्थिक जोखिम व्यवस्थापन गर्ने र विदेशी मुद्राको व्ययभार कम गर्ने उद्देश्य अनुसार कम्पनीले विगत ५६ वर्षदेखि नेपाल सरकारका विभिन्न मन्त्रालय र अन्तर्गतका निकायहरू, सार्वजनिक संस्थानहरू, निजी व्यावसायिक प्रतिष्ठानहरू र सर्वसाधारण जनतालाई विभिन्न बीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले नेपाली बीमा बजारको विकास एवं विस्तारमा कम्पनीको नेतृत्वदायी भूमिका रहेको छ । सरकार, निजी क्षेत्रका प्रतिष्ठानहरू र सर्वसाधारण जनताको विश्वास एवं भरोसाले बीमा बजारमा प्रतिस्पर्धा हुँदाहुँदै पनि व्यावसायिक एवं ग्राहकमुखी कार्यशैली र बीमितहरूको चाहना एवं आकाङ्क्षा अनुरूप उच्च स्तरको सेवा प्रवाहका कारण व्यवसाय अभिवृद्धि गर्न सफल भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?