काठमाडौँ । साताको चौथो कारोबारका दिन समेत शेयर बजारमा रौनक आएको छ । अर्थमन्त्रीको विष्णु पौडेलेको आगमन भएसँगै लगानीकर्ताको मनोबल उच्च भएको हो ।
शेयर बजारमा आज एकदिन १२ अर्बभन्दा बढीको शेयर कारोबार भएको छ भने परिसूचकले निरन्तर रूपमा उचाइ लिई रहेको छ । बैंकको ब्याजदर समेत निरन्तर ओरालो लागि रहँदा अर्थतन्त्र लयमा फर्किएको लगानीकर्ताको भनाई छ ।
https://aarthikvoice.com/archives/38776
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५४.०४ अकंले बढेर २३६४.६३ बिन्दुमा कायम भएको छ । आज ३०६ कम्पनीको ३ करोड २० लाख ९५ हजार ९३७ कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।
बुधवार १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको २.०८ प्रतिशत, विकास बैंक समूहको ४.०९ प्रतिशत, फाइनान्स समूहको ५.५० प्रतिशत, होटल तथा पर्यटन समूहको ५.५५ प्रतिशतले शेयर मूल्यमा सुधार देखिएको छ ।
https://aarthikvoice.com/archives/38461
आज चार कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज २०४ कम्पनीको शेयर मूल्य बढ्दा ३२ कम्पनीको मूल्य घटेको छ । उक्त दिन सबैभन्दा बढी सिंगटी हाइड्रो इनर्जीको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २३ करोड ५५ लाख ८१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको एनआरएन इन्फ्रास्ट्रक्चरको १८ करोड २७ लाख ४८ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

































