काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिन, ९१ दिन र १८२ दिनका लागि १७ अर्ब २३ करोडको ट्रेजरी बिलमा बोलकबोल गर्ने भएको छ।
त्यसमध्ये १२ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ। कार्यालयले ५ अर्बको रुपैयाँ बराबरको ट्रेजरी बिल नयाँ जारी गर्न लागेको जनाएको छ ।
१८२ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नयाँ जारी गर्न लागेको र यो ट्रेजरी २०८२ जेठ ६ गते परिपक्व हुने कार्यालयले उल्लेख गरेको छ।
२८ दिनको लागि ५ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो । यो ट्रेजरी पुस २ गते परिपक्व हुनेछ । कार्यालयले ९१ दिनका लागि ७ अर्ब २३ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको जनाएको छ ।
बोलकबोलमा सोमबार (आज) बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म सहभागी हुनुपर्ने छ। सोमबार बोलकबोल हुने ट्रेजरी बिल मंगलबार निष्कासन हुने कार्यालयले जनाएको छ ।


































