National life

२०२३ मा मात्रै १५ लाख नेपालीले देश छोडे , सधैँका लागि जाने ७० हजार बढी

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
1.4kShares
२०२३ मा मात्रै १५ लाख नेपालीले देश छोडे , सधैँका लागि जाने ७० हजार बढी
ncell

काठमाडौं। विभिन्न उद्देश्यका साथ पछिल्लो समय देश छोड्नेको संख्या दिनप्रतिदिन बढिरहेको छ । नेपालमा बढ्दो मात्रामा देखिएको आर्थिक अभाव र बेरोजगारीका कारण धेरैजसोले केही न केही उद्देश्य बनाएर देश छोडिरहेका छन् ।

यहीक्रममा सन् २०२३ मा झण्डै १५ लाख हारहारिमा नेपालीले देश छाडेको अध्यागमन विभागको तथ्यांकले देखाएको छ । त्यसमध्येमा तीमध्ये ७० हजार ९१५ जनाले स्थायी रुपमा विदेश बस्ने गरी देश छाडेका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विभागले सन् २०२३ मा विभिन्न उद्देश्यले नेपालबाट बाहिरिएका नेपालीहरुको तथ्यांक सोमबार मात्रै सार्वजनिक गरेको छ । तथ्यांकमा रोजगारी, घुमघाम, परिवारका सदस्यसँग भेटघाट, अध्ययन, स्थायी बसोबास, अस्थायी बसोबास, खेलकुद, साँस्कृतिक कार्यक्रम लगायतका प्रयोजनका लागि नेपालबाट बाहिरिएकाहरुको संख्यात्मक विवरण छ ।

विभागले सार्वजनिक गरेको तथ्याकंका आधारमा ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।

रोजगारीका लागि भनेर देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ । सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् ।

अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङका अनुसार भिसाको प्रकृति अनुसार विदेशिनेहरुको तथ्यांक सार्वजनिक गरिएको हो । उनले बसोबासका लागि अष्ट्रेलिया, जापान, अमेरिकालगायत देश जानेहरुको संख्या धेरै रहेको बताए ।

यस बाहेक कानुन छलेर वा दलाली मार्फत विभिन्न बाटोको प्रयोग गरि देश छोड्नेको संख्या बढ्दो मात्रामा रहेको छ । नेपालमा देखिएको आर्थिक मन्दीको कारण देखाउदै धेरै जसो देश छोड्नेमा युवा पुस्ता रहेका छन् ।

वर्षभरीमा कुन देशमा कति नेपाली गए ?

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2024/01/nepali_departure_2023_countrywisee.pdf"]

यो समाचार शेयर गर्नुहोस्
1.4kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?