National life

स्मार्ट र स्माइलिङ सेवा दिन अध्यागमन विभागका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन 

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ साउन २०८१, मङ्गलबार
938Shares
स्मार्ट र स्माइलिङ सेवा दिन अध्यागमन विभागका कर्मचारीलाई गृहमन्त्रीको निर्देशन 
ncell

काठमाडौँ । अध्यागमन विभागमा निरीक्षण गर्न पुगेका गृहमन्त्री रमेश लेखकले स्मार्ट र स्माइलिङ सेवा दिन कर्मचारीलाई निर्देशन दिएका छन्।

मुलुकमा आउने हरेक मानिसले सुरुमा देख्ने देशको अनुहार अध्यागमन भएको भन्दै उनले यसको सेवा चुस्त र दुरुस्त हुनुपर्ने उनको भनाई छ। ‘तपाईंहरुलाई भेट्ने बित्तिकै नेपाल कस्तो छ, नेपाली कस्ता छन् भन्ने कुरा त्यहीँबाट थाहा हुन्छ’, ‘त्यही सम्झेर काम गर्नुस् ।’

देशभन्दा बाहिर जाने मानिस करुलाई पनि बिदाइ गर्ने अन्तिम नेपाली पनि अध्यागमनकै कर्मचारी भएको भन्दै मन्त्री लेखकले भने, ‘अलि स्मार्ट र स्माइलिङ हुनुपर्‍यो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
गलत ढंगले मान्छे आउने र जाने कुरामा कर्मचारीको संलग्नता देखिए कारबाही गरे हुन्छ ।’ मन्त्री लेखकले भने

पछिल्लो समय भिजिट भिसाका नाममा मानव तस्करी भएको घटनाहरू पनि सुन्नमा आएको भन्दै उनले त्यस्ता अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने बताए । उनले भने, ‘मानव बेचबिखन पूर्ण रूपमा रोकिनुपर्छ, यसमा गृह प्रशासन निर्ममताका साथ प्रस्तुत हुन्छ ।’

१६ वर्षअघि श्रममन्त्री हुँदा आफूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘श्रम डेस्क’ राखेको समेत गृहमन्त्री लेखकले स्मरण गरे । उनले दार्चुलाको तिङ्कर र मुस्ताङको कोरलामा अध्यागमन कार्यालय तत्काल स्थापनाका लागि प्रक्रिया अघि बढाउन निर्देशन दिए।

कोरोना भाइरसको महामारीपछि नेपाल–भारतका नाकामा भारतीय पक्षबाट विदेशीहरूलाई आवागमनमा गरिएको अवरोध हटाएर पूर्ववत् अवस्थामा फर्काउने विषयमा भारतीय पक्षसँग सकारात्मक छलफल भएको गृहमन्त्री लेखकले बताए । मन्त्री लेखकले अध्यागमनसम्बन्धी विधेयक संशोधनका लागि एक महिनाभित्र मन्त्रालयमा प्रस्ताव पेश गर्न समेत निर्देशन दिए ।

उनले भने, ‘कानुन निर्माणको विषय मेरो अझ बढी चासो, रुचि र अनुभवको कुरा हो । यसका लागि यो उपयुक्त समय हुनसक्छ ।’सुदूरपश्चिम प्रदेशमा दक्षिण–उत्तर जोड्ने महाकाली करिडोर, दोधरा चाँदनीमा सुख्खा बन्दरगाह निर्माणको योजनाअघि बढेको बताउँदै गृहमन्त्री लेखकले तिङ्करमा अध्यागमन कार्यालयको आवश्यकता औँल्याएका हुन् ।

यो समाचार शेयर गर्नुहोस्
938SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?