काठमाडौँ । बैंकहरुको देखिँदै आएको खराब कर्जाको दबदबा उस्तै बढेको छ । गत आर्थिक वर्ष २०८०/०८१ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार धेरैजसो बैंकहरुको खराब कर्जामा वृद्धि भएको देखिएको छ।
सार्वजनिक वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १४ वाणिज्य बैंकको खराब कर्जामा वृद्धि हुँदा ६ बैंकको घटेको छ । त्यसमध्येमा सबैभन्दा बढी एभरेस्ट बैंकको खराब कर्जा घटेको वा कम रहेको छ ।
यता खराब कर्जा अत्यधिक बढ्नेमा एनआईसी एशिया बैंक रहेको छ । बैंकको खराब कर्जा २८७.५ प्रतिशत बढेर ३.४१ प्रतिशत बिन्दु पुगेको छ। अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ०.७९ प्रतिशत खराब कर्जा रहेको बैंकको गत आर्थिक वर्षको सोही अवधिमा भने ०.७१ प्रतिशत रहेको तथ्यांकमा उल्लेख रहेको छ ।
खराब कर्जा कम हुने बैंकको सूचिमा दोस्रो स्थानमा सानिमा बैंक रहेको छ । बैंकको १.७३ प्रतिशत रहेको छ त्यसै गरी क्रमशः नेपाल एसबिआई बैंकको २ प्रतिशत, स्टान्टर्ड चार्टर्ड बैंकको २.१४ प्रतिशत र सिद्धार्थ बैंकको २.२२ प्रतिशत रहेको छ। साथै, एनएमबि बैंकको ३.२७ प्रतिशत, नेपाल बैंकको ३.२८ प्रतिशत, कृषि विकास बैंकको ३.४४ प्रतिशत, माछापुच्छ्रे बैंकको ३.६३ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंकको ३.६५ प्रतिशत रहेको सार्वजनिक वित्तीय विवरणमा उल्लेख छ ।
यसैगरी बाकी रहेका नबिल बैंकको ३.८५ प्रतिशत, सिटिजन्स बैंकको ४.०७ प्रतिशत, ग्लोबल आइएमई बैंकको ४.३७ प्रतिशत, प्राइम बैंकको ४.६७ प्रतिशत, लक्ष्मी सनराइज बैंकको ४.७२ प्रतिशत, प्रभु बैंकको ४.७८ प्रतिशत, हिमालयन बैंकको ४.९१ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ४.९५ प्रतिशत र अन्तमा कुमारी बैंकको ४.९५ प्रतिशत खराब कर्जा रहेको उक्त सार्वजनिक विवरणमा उल्लेख छ ।

































