National life

२३ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सरकार

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ वैशाख २०८१, सोमबार
700Shares
२३ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्दै सरकार
ncell

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २३ अर्ब ८ करोड रुपैयाँको ट्रेजरी बिल नवीकरण गर्ने भएको छ ।

२८ दिन, १८२ दिन र १ वर्षको लागि कार्यालयले ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । मङ्गलवार ९वैशाख २५ गते० जारी हुने यस ट्रेजरी बिलका लागि वैशाख २४ गते सोमबार दिउँसो ३ बजे ट्रेजरी बोलकबोल हुने जनाएको छ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले २८ दिनको लागि ८ अर्ब रुपैयाँको ट्रेजरी नवीकरण गर्न लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो ट्रेजरी जेठ २२ गते परिपक्व हुनेछ । त्यस्तै, १८२ दिनका लागि ९ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी कात्तिक २० गते परिपक्व हुनेछ ।

साथै, १ वर्षको लागि ६ अर्ब ८ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल नवीकरण गर्न लागेको हो । यो ट्रेजरी २०८२ वैशाख २३ गते परिपक्व हुनेछ । ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।

सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट गरिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
700SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?