National life

२ हजार बढीको बीमा दाबी पर्ने प्राधिकरणको आकलन, कुन क्षेत्रमा कति पर्ला ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२० असोज २०८१, आइतबार
852Shares
२ हजार बढीको बीमा दाबी पर्ने प्राधिकरणको आकलन, कुन क्षेत्रमा कति पर्ला ?
ncell

काठमाडौँ । असोज महिनाको ११ र १२ गते परेको अविरल वर्षासँगै आएको बाढी पहिरोको कारण हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरूमा ७ अर्ब २१ करोड बढीको दाबी पर्ने आकलन रहेको छ ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत १६ गतेसम्मका तथ्यांक अनुसार  २ हजार ३३७ वटा दाबी पर्न सक्ने सम्भावना देखिएको छ। यस अवधिमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई एक एक अर्ब ८१ लाख रुपैयाँ बढीको दाबी पर्ने अनुमान छ ।

त्यस्तै, दि ओरिएन्टल इन्स्योरेन्स कम्पनीमा एक अर्ब ४४ करोड १० लाख रुपैयाँ बढीको १४७ वटा दावी परेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साथै, हिमालयन एभरेष्टमा एक अर्ब १७ करोड ४७ लाख रुपैयाँ बढीको २१६ वटा दाबी पर्ने अनुमान गरिएको छ भने नेको इन्स्योरेन्समा ८९ करोड ८४ लाख २७ हजार रुपैयाँको २२३ वटा दाबी परिसकेको छ ।

प्रस्तुत तथ्यांक अनुसार शिखरमा ४६ करोड ५८ लाख ५१ हजार रुपैयाँको ३२२ वटा दाबी, नेशनल इन्स्योरेन्स कम्पनीमा २३ करोड ६६ लाख १३ हजार रुपैयाँको २५ वटा, आईजीआई प्रुडेन्सियलमा २० करोड ६४ लाख ४० हजार रुपैयाँको २४८ वटा दाबी पर्ने अनुमान गरिएको छ ।

यो १४ वटा निर्जीवन बीमा र चार वटा लघुबीमा कम्पनीको परेको तथ्यांकको विवरण हो । कृषि बाली बीमा अन्तर्गत ४३ लाख ६७ हजार, पशुपन्छी बीमा अन्तर्गत एक करोड १५ लाख ८२ हजार, मोटर बीमा ९निजी० अन्तर्गत २७ करोड ३० लाख ६१ हजार रुपैयाँ बरावरको प्रारम्भिक दावी रहेको प्राधिकरणले जनाएको छ ।

बीमा प्राधिकरणले बाढी पहिरोमा परेका बीमितहरुलाई आफूले बीमा गरेको सम्बन्धित कम्पनीमा सिधै फोन, इमेल वा कुनै पनि शाखा कार्यालयमा गएर बीमा दावी गर्न सकिने व्यवस्था मिलाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
852SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?