National life

४० अंकले बढ्यो बजार: ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२१ साउन २०८१, सोमबार
1.2kShares
४० अंकले बढ्यो बजार: ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट
ncell

काठमाडौं । कारोबार साताको दोस्रो दिन शेयर बजार दोहोरो अंकले बढेको छ । सोमबार सेयर बजारमा ४०.७६ अंकले बढेर २७९६.३८ को विन्दुमा कायम भएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आज नेप्सेमा कारोबार भएको ३२६ कम्पनीको ४ करोड ९७ लाख ७३ हजार ७३० कित्ता शेयर किनबेच हुँदा २१ अर्ब ८६ करोड ४९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ ।

त्यस्तै आज बजारमा वृद्धि हुँदा ७ वटा उपसूचक हरियाली भएको छ । यसदिन होटल तथा पर्यटन समूहको ६.६९ प्रतिशत, हाइड्रोपावर समूहको ३.०९ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ३.५२ प्रतिशत, जीवन बीमा समूहको ३.२३ प्रतिशतले शेयर मूल्य बढेको छ । यसदिन ११ कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज रुरु जलविद्युत कम्पनी, सिइडिबी हाइड्रोपावर, कुथेली बुखरी हाइड्रोपावर, सगरमाथा जलविद्युत कम्पनी, भगवती हाइड्रोपावर, माथिल्लो मैलुङखोला जलविद्युत कम्पनी, भिजन लुम्बिनी उर्जा कम्पनी,मुक्तिनाथ कृषि कम्पनी, सिटी होटल, माउन्टेन हाइड्रोको सेयरमा सकरात्मक सर्किट लाएको हो ।

यो समाचार शेयर गर्नुहोस्
1.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?