National life

६० अर्ब बराबरको बजेट ल्याउने तयारीमा बागमती सरकार, शिक्षा, स्वास्थ्य प्राथमिकतामा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२५ जेठ २०८१, शुक्रबार
992Shares
६० अर्ब बराबरको बजेट ल्याउने तयारीमा बागमती सरकार, शिक्षा, स्वास्थ्य प्राथमिकतामा
ncell

काठमाडौँ । बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि चालु आर्थिक वर्षकै हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार आगामी आवका लागि रु ६० अर्ब बराबरको बजेट ल्याउने तयारी गरेको हो । आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभाबाट पारित गराइसकेको वाग्मती प्रदेश सरकारले असार १ गते आगामी आवको बजेट ल्याउन लागेको छ ।

आर्थिक तरलता, न्यून आन्तरिक आय र सङ्घीय सरकारबाट प्राप्त हुने अनुदान रकम कटौती भएकाले चालु आवकै हाराहारीमा बजेट ल्याउने तयारी भइरहेको प्रदेश सरकारको भनाई छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आगामी आवको बजेटमा ठुला र बृहत् प्रकृतिका योजना तथा जनताको जीवनस्तरसँग जोड्ने कार्यक्रमलाई समेटिने भनाई उल्लेख छ ।

आगामी आर्थिक वर्षको बजेटले कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र रोजगारी प्रवर्द्धनलाई प्राथमिकता दिनेछ । वाग्मती सरकारले चालु आवका लागि रु ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार बजेट विनियोजन गरेको छ । विनियोजित बजेटमध्ये चालुतर्फ रु २६ अर्ब ७० करोड २७ लाख ६९ हजार, पुँजीगततर्फ रु ३५ अर्ब ५० करोड ६३ लाख नौ हजार र वित्तीय व्यवस्थापनतर्फ रु ५० करोड रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
992SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?