National life

६१ उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाकी रहेको प्राधिकरणको दाबी(नाम सहित)

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ पुस २०८०, शुक्रबार
1.3kShares
६१ उद्योगले २२ अर्ब २४ करोड रुपैयाँ तिर्न बाकी रहेको प्राधिकरणको दाबी(नाम सहित)
ncell

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले आज एक तथ्याङ्क सार्वजनिक गर्दै २०८० मङ्सिर मसान्तसम्म ६१ वटा उद्योगहरूले २२ अर्ब २४ करोड रुपैयाँ बक्यौता राखेको जनाएको छ।

डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् उपभोग गरी ६१ वटा उद्योगहरूले प्राधिकरणलाई २२ अर्ब रुपैयाँ भन्दा माथि भुक्तानी गर्न बाँकी बताएको उल्लेख गरिएको छ । कोशी प्रादेशिक कार्यालय विराटनगरमा विभिन्न ७ वटा ठुला उद्योगले डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत् प्रयोग गर्दै  ३ अर्ब रुपैयाँ बराबरको बक्यौता राखेको प्राधिकरणको दाबी छ । प्राधिकरणका अनुसार बाबा जुट मिल, रघुपती जुट मिल, उदयपुर सिमेन्ट उद्योग, रिलायन्स स्पिनिंग मिल्स, निगाले सिमेन्ट प्रा.लि.अरिहन्त मल्टीफाइवर लि.अरिहन्त पोलीप्याकको गरी कुल २ अर्ब ९७ करोड ९८ लाख ९८ हजार रुपैयाँ बक्यौता राखेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै मधेश प्रदेश कार्यालय जनकपुरमा विभिन्न २१ वटा उद्योग मारुती सिमेन्ट प्रा.लि ,डाबर नेपाल प्रा.लि, त्रिवेणी सिन्थेटिक यार्न इन्डस्ट्रिज, हिमाल आइरन एण्ड स्टील, त्रिवेणी स्पिनीङ्ग मिल्स, नारायणी स्पात मिल्स, जगदम्बा स्टिल, जगदम्बा इन्टर प्राइजेज, अशोक स्टिल हुलास स्टिल, हामा आइरन, सूर्य नेपाल, एभरेष्ट पेपर मिल, कसमस सिमेन्ट फ्याक्ट्रीको ९ अर्ब ५४ करोड १७ लाख ११ हजार रुपैयाँ बराबरको बक्यौता बक्यौता तिर्न बाँकी प्राधिकरणको सूचनामा उल्लेख गरेको छ ।

बागमती प्रदेश प्रादेशिक कार्यालय काठमाडौँ युनाइटेड सिमेन्ट प्रा.लि., शिवम् सिमेन्ट र हेटौडा सिमेन्टको गरी कूल २ अर्ब ६३ करोड ६६ लाख ७७ हजार रुपैयाँ बक्यौता रहेको प्राधिकरणले हिसाब देखाएको छ । लुम्बिनी प्रादेशिक कार्यालय बुटवलमा कुल ४ अर्ब ७२ करोड ५२ लाख ६५ हजार रुपैयाँ बाँकी रहेको छ । त्यस्तै लुम्बिनी प्रदेश डिभिजन कार्यालय नेपालगन्जमा कुल ७ अर्ब ८ करोड ७४ लाख ९० हजार रुपैयाँ बाँकी रहेको छ । सू.प.हवाई कार्यालय, सोनापुर मिनरल एण्ड आयल प्रा.लि,घोराही सिमेन्ट उद्योग,सम्राट सिमेन्ट,रोल्पा सिमेन्टले पैसा नतिरेको प्राधिकरणको ठहर छ।

विस्तृतमा हेर्नुहोस्

[pdf-embedder url="https://aarthikvoice.com/wp-content/uploads/2023/12/Dedicated-Line.pdf" title="Dedicated Line"]

यो समाचार शेयर गर्नुहोस्
1.3kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?