National life

८ वटा देशका लागि राजदूत नियुक्ति सिफारिस, कुन देशका लागि कसको नाम सिफारिस भयो ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ असार २०८१, शनिबार
604Shares

काठमाडौँ । शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको छ।

शुक्रवार बसेको मन्त्रिपरिषद्को बैठकले भारत, डेनमार्क, बेलायत, मलेसियासहित ८ देशका राजदूतहरू नियुक्तिका लागि सिफारिस गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबिच बिहीबार साँझ बालुवाटारमा बसेको बैठकले राजदूतको भागबन्डा टुङ्गो लगाएको थियो।

सोही आधारमा बैठकले ८ देशका राजदूत सिफारिस गरेको हो।

ncell
3 ad - 1
3 ad - 2
3 ad - 3
एमालेको तर्फबाट ५ जना, माओवादीको तर्फबाट १ जना र  अशोक राई नेतृत्वको जसपाको तर्फबाट दुई जना राजदूतका लागि सिफारिस भएका हुन्। भारतका लागि नेपालका राजदूतमा पूर्वमुख्य सचिव लोकदर्शन रेग्मी नियुक्त भएका छन्।

त्यस्तै, सुशील प्याकुरेल दक्षिण कोरिया, नेत्रप्रसाद तिमल्सिना मलेसिया, सुम्निमा तुलाधर डेनमार्क, विजय पन्त बेलायत,चन्द्रप्रसाद घिमिरे अमेरिका, पुष्पराज राजकर्णिकार स्पेन र अबुसुफ्यान खान मुसलमान साउदी अरबका लागि राजदूत नियुक्तका सिफारिस गरिए हो ।

Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
604SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?