National life

साताभरमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू, कसले कति कमाए कति गुमाए ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०८ वैशाख २०८१, शनिबार
858Shares
साताभरमा सबैभन्दा धेरै कारोबार भएका कम्पनीहरू, कसले कति कमाए कति गुमाए ?
ncell

काठमाडौँ । यस साता सेयर बजार २.६२ प्रतिशत अर्थात् ५३.१६ अंकले घटेको छ । सूचकसँगै कारोबार रकम पनि १५.३८ प्रतिशतले घटेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
साताभरमा ६४.४१ अंकको उतार चढाव भोगेको यो साताको नेप्से बढेर उच्चतम २०३१.८६ अंकसम्म

यो साता कारोबारमा आएका १३ ओटै उप-समुहगत सूचक घटेको छ। यो साताको बजारमा अन्यको इन्डेक्स ३.८९ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा ३.१६ प्रतिशत र जलविद्युत ३.०३ प्रतिशतले घटेको छ । यो साता गोर्खाज फाइनान्सको सर्वाधिक ४७ करोड १५ लाख रुपैयाँ बढीको धितो पत्र खरिद बिक्री भएको छ ।

यस्तै ङादी ग्रुप पावरको ३४ करोड ९० लाख, सूर्य ज्योति लाइफ इन्स्योरेन्सको ३३ करोड ७३ लाख, सानिमा माई हाइड्रोपावरको ३३ करोड २२ लाख, पोखरा फाइनान्सको ३१ करोड ८२ लाख, हिमालयन रि इन्स्योरेन्सको २३ करोड ४२ लाख, सर्वोत्तम सिमेन्टको १९ करोड ३७ लाख, शिवम् सिमेन्ट १८ करोड ८६ लाख, नेपाल फाइनान्सको १७ करोड ७२ लाख र सिवाईसी नेपाल लघुवित्तको १७ करोड ७८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

यो साताको बजारमा मेन्छियम हाइड्रोपावरका सेयर लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।कम्पनीको सेयर मूल्य १०.५४ प्रतिशत बढेर ४०९ रुपैयाँ पुगेको छ । यस्तै सृजनशील लघुवित्तको ८.०१ प्रतिशत, ८.५५ माछापुच्छ्रे डिबेञ्चर २०८७ को मूल्य ७.२० प्रतिशत, एनआईसी एशिया लघुवित्त ६.२७ प्रतिशतले बढेको छ । यो सातामा नेपाल बैंक डिबेञ्चर २०८७,दिश्यश्वरी हाइड्रोपावर, माईखोला हाइड्रोपावर, ग्रीन डेभलपमेन्ट बैंक, नेपाल एसबिआई बैंक डिबेञ्चर २०८९ र अभियान लघुवित्तको ५ प्रतिशतभन्दा बढीले मूल्य बढेको छ।

उता यो साताको बजारबाट गुराँस लघुवित्तका लगानीकर्ताले सर्वाधिक २१.५४ प्रतिशत र रुरु जलविद्युत परियोजनाको २०।५२ प्रतिशतले मूल्य घटेको छ । यससँगै गुराँस लघुवित्तको १८३६ र रुरु जलविद्युत परियोजनाको ४०४ रुपैयाँ ७० पैसामा झरेको छ । यस्तै यो साताको बजारबाट निफा्र ऊर्जा ऋणपत्र २०८५.८६ को १२.४९, अपर स्याङ्गे हाइड्रोपावरको १०.१० र सर्वोत्तम सिमेन्टको ९.३५ प्रतिशतले घटेको छ ।

यो समाचार शेयर गर्नुहोस्
858SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?