National life

आर्थिक रूपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक : अर्थमन्त्री वाग्ले

राष्ट्र बैंकसँग समन्वय बढाउँदै आर्थिक सुधार अघि बढाउने सरकार

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|२० साउन २०८३, बुधबार
6.2kShares
आर्थिक रूपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ आवश्यक : अर्थमन्त्री वाग्ले
ncell

काठमाडौँ । निजी क्षेत्रले स्पष्ट नीति, स्थिर नियम र छिटो निर्णयको माग गरिरहेका बेला अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपान्तरणका लागि ‘नीतिगत आत्मविश्वास’ अनिवार्य रहेको बताएका छन्। बुधबार सिंहदरबारमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग भएको छलफलमा उनले यस्तो बताएका हुन्।

उनले सरकारको नीति, प्राथमिकता र कार्यसम्पादनबीच एकरूपता आवश्यक रहेको औंल्याउँदै विगतका नीतिगत निर्णयहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्नुका कारण पहिचान गर्नुपर्ने बताए।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
चालु आर्थिक वर्षको बजेटलाई उनले संरचनागत सुधार र आर्थिक रूपान्तरणको मार्गचित्रका रूपमा प्रस्तुत गरे।

अर्थमन्त्री वाग्लेले उत्पादनमुखी क्षेत्रमा कर्जा प्रवाह बढाउन, बैंकिङ प्रणालीमा रहेको अधिक तरलतालाई रोजगारी र उद्योगमा रूपान्तरण गर्न तथा पुँजी बजार र वास्तविक अर्थतन्त्रबीच सन्तुलित सम्बन्ध कायम गर्नुपर्नेमा जोड दिए। साथै डिजिटल वित्त, फिनटेक र स्टार्टअप वित्तपोषणलाई प्रोत्साहन गर्न राष्ट्र बैंकले सक्रिय भूमिका खेल्नुपर्ने बताए।

उनले राष्ट्र बैंकलाई नियामक मात्र नभई आर्थिक रूपान्तरणको सहयात्रीका रूपमा अघि बढ्न आग्रह गर्दै आवश्यक नीतिगत समन्वय र संयुक्त कार्यदल गठनमार्फत सुझावहरूलाई कार्यान्वयनमा लैजाने प्रतिबद्धता व्यक्त गरे।

यो समाचार शेयर गर्नुहोस्
6.2kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?