काठमाडौँ । चार महिनाको अवधिमा बैंक तथा वित्तीय संस्थामा अल्पकालीन अवधिको लागि हुने कारोबार घटेको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को चार महिना (साउन– कात्तिक) मा ५ खर्ब ३२ अर्ब ३० करोडको अन्तर–बैंक कारोबार भएको नेपाल राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ। राष्ट्रबैंकको तथ्यांक अनुसार वाणिज्य बैंकहरुको ४ खर्ब ७० अर्ब २५ करोड रुपैयाँ र अन्य वित्तीय संस्थाहरू (वाणिज्य बैंकहरुबीच बाहेक) को ६१ अर्ब ३८ करोड कारोबार भएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको १७ खर्ब ४३ अर्ब ९४ करोड र अन्य वित्तीय संस्थाहरूको २ खर्ब १४ अर्ब ८७ करोड गरी कुल १९ खर्ब ५८ अर्ब ८६ करोडको अन्तर बैंक कारोबार भएको थियो।
गत आव २०८०/८१ मा बैंक तथा वित्तीय संस्थाहरुले ४२ खर्ब २६ अर्ब ४८ करोडको अन्तर–बैंक कारोबार भएको राष्ट्रबैंकको तथ्यांकमा उल्लेख छ ।


































