National life

साउन देखि पुससम्म ८ अर्ब ३७ अर्ब रुपैयाँ भन्दा बढीको अन्तर- बैंक कारोबार 

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ माघ २०८१, मङ्गलबार
656Shares
साउन देखि पुससम्म ८ अर्ब ३७ अर्ब रुपैयाँ भन्दा बढीको अन्तर- बैंक कारोबार 
ncell

काठमाडौँ। चालु आर्थिक वर्ष २०८१/८२ को पछिल्लो ६ महिनामा सञ्चालन रहेका वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले करिब साढे ८ खर्ब रुपैयाँ बराबरको अन्तर–बैंक कारोबार गरेका छन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार ६ महिनामाको अवधिमा वाणिज्य बैंकहरुको ७ खर्ब ४५ अर्ब ९१ करोड र अन्य वित्तीय संस्थाहरूको ९२ अर्ब ७ करोड गरी कुल ८ अर्ब ३७ अर्ब ९८ करोड रुपैयाँको अन्तर–बैंक कारोबार भएको तथ्यांकमा उल्लेख छ।

अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको २३ खर्ब १६ अर्ब ९८ करोड र अन्य वित्तीय संस्थाहरूको २ खर्ब ५७ अर्ब २२ करोड गरी कुल २५ खर्ब ७४ अर्ब २० करोडको अन्तर बैंक कारोबार गरेका थिए ।

कसरी हुन्छ अन्तरबैंक विद्युतीय भुक्तानी ?

यस प्रणालीमा भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकलाई यस प्रणालीमा आबद्ध रहेको अन्य सदस्य बैंक तथा वित्तीय संस्थाहरूमा रहेको खातामा भुक्तानी दिन निर्देशन वा अख्तियारी दिएपछि भुक्तानी दिने ग्राहकको बैंकले अन्तरबैंक विद्युतीय भुक्तानी प्रणाली मार्फत भुक्तानी पाउने ग्राहकको बैंकलाई निर्देशन पठाउँछ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

भुक्तानी पाउने ग्राहकको बैंकले कारोबार निर्देशन प्राप्त गरेपछि तोकिएको निश्चित समय अन्तरालमा नेपाल राष्ट्र बैंकबाट अन्तिम फर्छ्यौट तथा फरफारखको जानकारी आएपछि ग्राहकको खातामा निर्देशन बमोजिमको रकम जम्मा गर्दछ। भुक्तानी दिने ग्राहकले आफ्नो खाता रहेको बैंकको शाखा वा बैंकले उपलब्ध गराएको अन्य कुनै माध्यमबाट यस्तो निर्देशन दिन सक्दछ ।

यो समाचार शेयर गर्नुहोस्
656SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?