National life

चोरी गरेको आरोपमा ललितपुरबाट ५ जना युवा ७५ ग्राम सुन सहित पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२९ जेठ २०८१, मङ्गलबार
615Shares
चोरी गरेको आरोपमा ललितपुरबाट ५ जना युवा ७५ ग्राम सुन सहित पक्राउ
ncell

काठमाडौँ । ललितपुर महानगरपालिका–१८ ढुंगेधारा आसपासमा चोरी गरेको आरोपमा प्रहरीले ललितपुरबाट ५ जनालाई पक्राउ परेका छ ।

पक्राउ पर्नेहरूमा भोजपुरको पौवादुम्बा गाउँपालिका–४ का ३० वर्षीय सीताराम लकान्द्रे, रामेछापको उमाकुण्ड गाउँपालिका–४ का ३७ वर्षीय सुजन कुमार सुनुवार, नुवाकोटको सामारी गाउँपालिका–७ का ४० वर्षीय कुमार राना मगर, दोलखाको शैलुङ गाउँपालिका–८ का ४१ वर्षीय वीर बहादुर श्रेष्ठ र सोही ठाउँका ४२ वर्षीय सुनिल श्रेष्ठ छन् ।

उनीहरूले ललितपुर ढुंगेधारास्थित सिर्जना वैद्यको घरमा २ जेठमा चोरी गरेको आरोप छ , उक्त घरबाट सुनचाँदीका गरगहना र नगद चोरी गरेको बताइएको थियो । प्रहरीले उनीहरूबाट ७५ ग्राम सुनको मुन्द्रा, विभिन्न आकारको ६ तोला ७० लालको सुन समेत बरामद गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
615SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?