National life

एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२३ मंसिर २०८०, शनिबार
1.1kShares
एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित
ncell

ढोरपाटन । बागलुङमा एकै रात छ घरमा चोरी भएको छ । जिल्लाको बडिगाड गाउँपालिका–५ खौलार बजारमा छ घरमा घरबाट सुनसहित रु पाँच लाख बराबरको चोरी भएको हो । गाउँपालिकाको केन्द्र नजिक रहेको बजारका एकै रातमा आधा दर्जन घरमा चोरी हुँदा स्थानीय त्रसित भएका छन् ।

बजारको पाँच पसलबाट नगद र एक घरबाट सुनचाँदी भएको बडिगाड गाउँपालिकाकी अध्यक्ष गण्डकी थापा अधिकारीले जानकारी दिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
रातको २ देखि ३ बजेको समयमा स्थानीय अर्जुनप्रसाद खरेलको घरबाट साढे तीन तोला सुन, खौलार बजारको प्रज्ज्वल दाना पसलबाट नगद ६० हजार, खरेल भाडा पसल तथा हार्डवयरबाट नगद रु १५ हजार, जलजला होटलबाट नगद रु १० हजार, मायालु होटलबाट रु पाँच हजार कक्षपति स्टोर्सबाट चार हजार नगद चोरी भएको अध्यक्ष अधिकारीले बताए ।

सबै घरका ताल्चा फुटालेर चोर प्रवेश गरेको स्थानीयको भनाइ छ । चोरी भएका हरेक पसलमा घरको पछाडिबाट च्यानल गेटको ताल्चा फुटाएर चोरी भएको उनको भनाइ छ । चोरी भएको खरेल भाँडा पसल तथा हार्डवयरको सिसि क्यामेरामा एक अर्धबैंशे पुरुष अनुहारमा मुकुण्डो लगाएर झोला बोकेको र पीपिइ लगाएर घरको पछाडिबाट छिरेर काउन्टरको घर्रासहित चोरी गरेको देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक मदन केसीले सिसि क्यामराद्वारा घटनाको सुक्ष्म अनुसन्धान गरिने बताए । चोरी भएको ठाउँमा प्रहरीलाई सिभिलमा खटाइने र सिसि टिभी फुटेज फेला परेको हुँदा त्यसलाई आधार बनाएर अनुसन्धान अगाडि बढाएको केसीको भनाइ छ ।रासस

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?