काठमाडौँ। तिहार अगाडिका लागि अन्तिम कारोबारका दिन शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । दुई दिन लगातार बढेको सेयर बजारमा बुधवार गिरावट हो ।
उक्त दिन बजार १४.४३ अंकले घटेर २६७७.६२ को विन्दुमा कायम भएको छ ।
आज सबैभन्दा बढी सिइडिबी हाइड्रोपावरको सेयर सर्वाधिक कारोबार भएको छ । कम्पनीको ३४ करोड १७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको
सानिमा जिआइसी इन्स्योरेन्सको २६ करोड ५ लाख ५१ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। त्यस्तै उक्त दिन सोल्टी होटलको २० करोड ९८ लाख २६ हजार रुपैयाँ, नेपाल फाइनान्सको १६ करोड ७७ लाख ३५ हजार रुपैयाँ, कारोबार भएको हो ।


































