काठमाडौँ । साताको तेस्रो कारोबार दिन सेयर बजारमा हरियाली छाएको छ । उक्त दिन बजार ४६.६९ अंकले बढेर २६९२.०५ को विन्दुमा कायम भएको छ।
शेयर बजार बढेसँगै २२१ वटा वटा कम्पनीको सेयर मूल्य वृद्धि भएको छ । जसमा चार वटा कम्पनीको शेयमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सप्तकोशी डेभलपमेन्ट बैंक, सानिमा जिआइसी इन्स्योरेन्स, कुथेली बुखरी स्मल हाइड्रोपावर र कर्पोरेट डेभलपमेन्ट लगायतका कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, आज सबैभन्दा बढी संवृद्धि फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको २४ करोड ७१ लाख ५९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।
पिपुल्स हाइड्रोपावरको १६ करोड ८० लाख ५४ हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ। उक्त दिन सप्तकोशी डेभलपमेन्ट बैंकको १४ करोड २२ लाख २२ हजार रुपैयाँ, जानकी फाइनान्सको १३ करोड ८५ लाख ८३ हजार रुपैयाँको कारोबार भएको हो ।


































