National life

धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार अन्तर्वार्तामा अनुपस्थित

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
865Shares
धितोपत्र बोर्डको अध्यक्षका उम्मेदवार अन्तर्वार्तामा अनुपस्थित
ncell

काठमाडौँ । धितो पत्र बोर्डको सर्ट लिस्टमा नाम परेका अध्यक्षका प्रतिस्पर्धीहरू अन्तर्वार्तामा अनुपस्थित भएका छन्।

५ प्रतिस्पर्धी मध्येमा ३ जना अन्तर्वार्तामा अनुपस्थित भएका हुन् । अध्यक्षका उम्मेदवारका लागि छानिएको सर्ट लिस्टमा सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, कृष्ण बहादुर कार्की, डा.नवराज श्रेष्ठ र चिरञ्जीवी चापागाईँ परेका थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

उनीहरूमध्ये सन्तोष र मुक्तिनाथ मात्र उपस्थित भएका हुन् । हाल नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर, धितो पत्र बोर्डका कार्यकारी निर्देशक नवराज र बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवि भने अन्तर्वार्तामै सहभागी भएनन् ।

नेपाल धितो पत्र बोर्ड ऐन अनुसार छनोट समितिले बोर्डको अध्यक्षको नियुक्तिको लागि कम्तीमा तीन जनाको नाम सिफारिस गर्नुपर्छ । त्यसमध्ये उपयुक्त एकलाई सरकारले बोर्डको अध्यक्ष नियुक्त गर्छ ।

तर, न्यूनतम उम्मेदवार नै सहभागी नभएपछि सिफारिस प्रक्रिया रद्द हुने सम्भावना बढेको छ । अनुपस्थितमध्ये एक सदस्यले आफू काठमाडौँ बाहिर रहेकाले उपस्थित हुन नसकेको जनाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
865SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?