National life

निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय २६ करोड १४ लाख बढी, कुनको कति ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१३ मंसिर २०८१, बिहिबार
784Shares
निर्जीवन लघुबीमा कम्पनीको व्यवसाय २६ करोड १४ लाख बढी, कुनको कति ?
ncell

काठमाडौँ।  चालु आर्थिक वर्ष २०८१।०८२ को चार महिनाको अवधिमा निर्जीवन लघुबीमा कम्पनीहरूले कुल २६ करोड १४ लाख ६४ हजार रुपैयाँ बीमा व्यवसाय गर्न सफल भएका छन्।

हाल सञ्चालनमा रहेका चार वटा कम्पनीले सो बीमा व्यवसाय गरेका हुन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले सबैभन्दा बढी बीमा शुल्क आर्जन गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उक्त अवधिमा कम्पनीले ७ करोड ९० लाख रुपैयाँको व्यवसाय गरेको छ ।

तथ्यांक अनुसार चालु आर्थिक वर्षको कात्तिक महिनासम्ममा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ६ करोड ४१ लाख रुपैयाँ, ट्रस्ट माइक्रो इन्स्योरेन्सले पाँच करोड ९३ लाख रुपैयाँ र स्टार माइक्रो इन्स्योरेन्सले पाँच करोड ८९ लाख रुपैयाँको व्यवसाय गरेको छन् ।

साथै,  कात्तिक असोज महिनामा मात्र नेपाल माइक्रोले दुई करोड ३९ लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले एक करोड ८० लाख रुपैयाँ, स्टार माइक्रोले एक करोड ७१ लाख रुपैयाँ र ट्रस्ट माइक्रो एक करोड ६६ लाख रुपैयाँको व्यवसाय गरेको प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
784SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?