काठमाडौँ । करिब १ प्रतिशत बढेर यस साता नेप्से परिसूचक बन्द भएको छ। गत साता २७४९.५७ विन्दुमा बन्द भएको नेप्से, यस साता २२.२१ अंक अर्थात् ०.८१ प्रतिशत घटेर २७२७.३६ विन्दुमा कायम भएको छ ।
यस साता भएको ५ कारोबार दिनमध्ये दुई कारोबार दिन नेप्से फराकिलो अंकले बढेको थियो भने तीन कारोबार दिन घटेको थियो। साताको सोमबार, नेप्से परिसूचक १२७ अंक बढेर बन्द भएको थियो भने मङ्गलवार सामान्य अंक बढेको थियो।
यस साता नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा १६ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ११ अर्ब ९६ करोडको मात्र शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार २५.७० प्रतिशतले कमी आएको छ ।
यस साता सेन्सेटिभ इण्डेक्स ३.४४ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.५६ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २।२० अंक घटेको छ। त्यस्तै, यस साता दैनिक औषत शेयर सङ्ख्या २७.९५ प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार सङ्ख्या २८.५५ प्रतिशत घटेको छ।
१३ उपसमूहमध्ये यस साता ४ उपसमूहको परिसूचक बढेको छ भने ९ उपसमूहको परिसूचक घटेको छ। यस साता निर्जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.०३ प्रतिशत बढेको छ। गत साता १३ हजार १०८.९७ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६५९.४५ अंक बढेर १३ हजार ७६८.४२ विन्दुमा पुगेको छ।
कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस साता सर्वाधिक ३.२६ प्रतिशत घटेको छ। अंकका आधारमा भने यस साता होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १६०.०८ प्रतिशत घटेको छ।
नेप्सेको कुल बजार पुँजीकरण भने यस साता ३० करोड रुपैयाँ घटेको छ। गत साताको अन्त्यमा ४३ अर्ब ६६ करोड रुपैयाँ रहेको कुल बजार पुँजीकरण, यस साता ०.७० प्रतिशत घटेर ४३ अर्ब ३६ करोड रुपैयाँमा झरेको छ।
नेप्सेमा यस साता दुई कम्पनीको कुल २ करोड २९ लाख ४५ हजार कित्ता शेयर सूचीकृत भएको छ। यस साता नेप्सेमा नेपाल पुनर्बीमा कम्पनीको बोनस शेयर र एचआईडिसिएलको लिलामी प्रक्रियामार्फत बिक्री भएको संस्थापक शेयर नेप्सेमा सूचीकृत भएको हो।
त्यस्तै, यस साता विन नेपाल लघुवित्तको शेयर मूल्य सर्वाधिक ३५.७७ प्रतिशत बढेको छ। त्यस्तै, यस साता इष्टर्न हाइड्रोपावरको शेयर मूल्य करिब २८ प्रतिशत बढेको छ भने आत्मनिर्भर लघुवित्त र एनएलजी इन्स्योरेन्सको शेयर मूल्य साढे २६ प्रतिशतभन्दा बढी बढेको छ।
































