National life

पर्यटन व्यवसायीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
1.1kShares
पर्यटन व्यवसायीहरूका लागि चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न
ncell

काठमाडौ । नेपाली पर्यटन व्यवसायीहरूको लागि छ–महिने चिनियाँ भाषा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, नेपालस्थित चिनियाँ दूतावास र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्को संयुक्त आयोजनामा सम्पन्न गरिएको यो तालिमले नेपालका पर्यटन व्यवसायीले चिनियाँ पर्यटकहरूलाई अझ प्रभावकारी सेवा दिन सक्षम बनाउने उद्देश्य राखिएको उक्त कार्यक्रम हिजो सम्पन्न गरिएको हो ।

यस कार्यक्रमको समापन समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव रामकृष्ण लामिछाने, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिकमत सिंह ऐयर, चिनियाँ दूतावासका मिशन उपप्रमुख श्री वाङ सिन र नेपाल चीन सांस्कृतिक तथा शैक्षिक परिषद्का अध्यक्ष डा. हरिशचन्द्र शाह लगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यस वर्षको कार्यक्रममा जम्मा १०० जना सहभागी भर्ना भएका थिए । जसमध्ये ४० जनाले चिनियाँ भाषा मापदण्ड अनुसारको दक्षता हासिल गर्दै प्रमाणपत्र प्राप्त गर्न सफल भए । प्रशिक्षित सहभागीहरू अब नेपाल भ्रमण गर्ने चिनियाँ पर्यटकहरूको बढ्दो चापलाई सम्बोधन गर्न सक्षम भएका छन्।

नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक सिंह ऐयरले कार्यक्रममा बोल्दै भाषा दक्षताको महत्त्वलाई जोड दिए । उनले भाषा पर्यटन व्यवसायमा प्रभावकारी सेवा र अतिथ्यको आधार भएको बताए । यसखाले कार्यक्रमहरूले नेपालको पर्यटन क्षेत्रलाई अन्तर्राष्ट्रिय तहमा प्रतिस्पर्धी बनाउन योगदान पुर्याउने उनको भनाई छ ।

यस अवसरमा चिनियाँ नियोग उपप्रमुख सिनले नेपाल र चीनबीचको गहिरो सांस्कृतिक, सामाजिक तथा आर्थिक सम्बन्धलाई अझ सुदृढ बनाउने यस्ता कार्यक्रमको प्रशंसा गरे । ल्ऋऋभ्ऋ का अध्यक्ष डा. हरिशचन्द्र शाहले कार्यक्रम सफल बनाउन योगदान गर्ने सबै प्रशिक्षार्थी, प्रशिक्षक र सहकार्य संस्थाहरूलाई धन्यवाद दिए ।

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?