National life

विरोधपछि अन्तर्राष्ट्रिय उडान भर्ने ११ एयरलाइन्सले बुझाए हवाई भाडादर विवरण

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ मंसिर २०८१, शुक्रबार
1.6kShares
विरोधपछि अन्तर्राष्ट्रिय उडान भर्ने ११ एयरलाइन्सले बुझाए हवाई भाडादर विवरण
ncell

काठमाडौँ । त्रिभुवन विमानस्थल हुँदै अन्तर्राष्ट्रिय उडान भर्ने ११ एयरलाइन्सले हवाई भाडादरको विवरण संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई बुझाएका छन् ।

अन्तर्राष्ट्रिय उडानमा कृत्रिम अभाव सिर्जना गरी नागरिकलाई दुःख दिएको गुनासो बढेसँगै पर्यटन मन्त्रालयले अन्तर्राष्ट्रिय उडान गर्ने हवाई कम्पनीलाई २४ घण्टाभित्र भाडादर उपलब्ध गराउन बुधवार नै निर्देशन दिएको थियो।

सोही निर्देशनबमोजिम एयरलाइन्सले  मन्त्रालयलाई भाडादरसहित विवरण बुझाएका हो। ११ एयरलाइन्सले भाडा दरसहितको सूची बुझाएको मन्त्रालयले जानकारी दिएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

विवरण बुझाउने एयरलाइन्समा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स), कतार एयरवेज, सिङ्गापुर एयरलाइन्स, फ्लाइ दुबई, इण्डिगो एयरलाइन्स, एयर अरेबिया, टर्किस एयरलाइन्स, कोरियन एयरलाइन्स, सिचुवान एयरलाइन्स, मलेसियन एयरलाइन्स र जजिरा एयर छन् ।

यो समाचार शेयर गर्नुहोस्
1.6kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?