National life

पाँच महिनामा पर्यटन मन्त्रालयद्वारा ८६ करोड रुपैयाँ बरावरको बेरुजु फर्छ्यौट

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|१८ पुस २०८१, बिहिबार
957Shares
पाँच महिनामा पर्यटन मन्त्रालयद्वारा ८६ करोड रुपैयाँ बरावरको बेरुजु फर्छ्यौट
ncell

काठमाडौँ । पाँच महिनामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ८६ करोड रुपैयाँको बेरुजु फर्छ्यौट गरेको छ । मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेस गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म मन्त्रालयले सरकारी कार्यालय तथा मातहतका निकायको १७.८१ प्रतिशत बेरुजु फर्छ्यौट गरेको छ।

आर्थिक वर्ष २०७९/८० सम्मको ४ अर्ब ८८ करोड रुपैयाँको बेरुजुमध्ये ८६ करोड रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमध्ये सरकारी कार्यालयतर्फ २ अर्ब १९ करोडमध्ये ३१ करोड ९ लाख रुपैयाँ र मातहतका निकायतर्फ २ अर्ब ६९ करोड २३ लाख रुपैयाँमध्ये ५५ करोड ६४ लाख फर्छ्यौट गरिएको मन्त्रालयको तथ्यांक छ ।

सरकारी कार्यालय अन्तर्गत मन्त्रालयको ७ करोड ३६ लाखमध्ये २१ लाख रुपैयाँ, पुरातत्त्व विभागको ३९ करोड २३ लाखमध्ये ११ करोड ६५ लाख, पर्यटन विभागको १ अर्ब ६० करोड १४ मध्ये १५ करोड ७७ लाख, दक्षिण एसियाली पर्यटन पूर्वाधार कार्यालयको ५ करोड ३० लाखमध्ये ३ करोड ४३ रुपैयाँ बेरुजु फर्छ्यौट गरिएको छ ।

त्यस्तै, पशुपति विकास कोषको १ अर्ब ३६ करोड ८८ लाखमध्ये ४१ करोड ०९ लाख, एनएमएको १ करोड ६८ मध्ये ७० लाख, हनुमान ढोका दरबारको ७ करोड २१ लाखमध्ये ३ करोड १४ लाख रहेको छ । पाटन सङ्ग्रहालयको ९३ लाखमध्ये ८२ लाख लुम्बिनी विकास कोषको ४७ करोड ७८ लाखमध्ये ५ करोड ५६ लाख, प्रज्ञा प्रतिष्ठानको ३ करोड ७९ लाखमध्ये ४१ लाख, नारायणहिटी दरबार ६।७२ लाखमध्ये ३।१६ लाख तथा बृहत्तर जनकपुर विकास समितिको १२ करोड ११ लाखमध्ये २ करोड ३२ लाख, बौद्ध दर्शन विकास समितिको ३ करोड ५० लाखमध्ये १ करोड ३६ लाख रुपैयाँ बराबरको बेरुजु फर्छ्यौट भएको मन्त्रालयले जनाएको छ ।

यस्तै मन्त्रालयले यो पाँच महिनाको अवधिमा करिब एक चौथाइ बजेट खर्चेको छ । मन्त्रालयले संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा पेस गरेको प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको मंसिर महिनासम्म २४.८४ प्रतिशत बजेट खर्च गरेको हो ।

चालु आर्थिक वर्षमा उक्त मन्त्रालय तथा यस अन्तर्गतका सशर्त योजना र वित्तीय व्यवस्था बाहेक ५ अर्ब ६५ करोड ५९ लाख रुपैयाँ बजेट विनियोजन भएको थियो । त्यसमध्ये चालुतर्फ २ अर्ब ४९ करोड १८ लाख तथा पुँजीगततर्फ २ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ रहेको थियो ।

त्यसमध्ये १ अर्ब ३० करोड १४ लाख रुपैयाँ खर्च भएको हो । यसमध्ये चालुतर्फ १ अर्ब ७ करोड ७३ लाख र पुँजीगततर्फ २२ करोड ४१ लाख रुपैयाँ रहको छ । यसमध्ये पुँजीगत खर्च जम्मा ८.१६ प्रतिशत हो ।

मन्त्रालयले गरेको यो खर्च समग्र पुँजीगत खर्चभन्दा कम हो । मंसिर मसान्तसम्म सरकारको कुल बजेट खर्च ११.५८ प्रतिशत बराबर रहको छ । ३ खर्ब ५३ अर्ब बजेटमध्ये यो अवधिमा ४० अर्ब ८० करोड रुपैयाँ बराबरको बजेट खर्च भएको महालेखा नियन्त्रक कार्यालयको तथ्यांक छ ।

यसबाहेक २ अर्ब ९१ करोड ५ लाख रुपैयाँ बराबरको तल्लो तहका सरकारले कार्यान्वयन गर्ने सशर्त योजना छन् । यसमध्ये ५६ करोड २७ लाख ९७ हजार बराबरका ४९ कार्यक्रम हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । यसबाहेक ३ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ बराबरको वित्तीय व्यवस्थामध्ये मन्त्रालयले यो अवधिसम्म कुनै पनि खर्च गरेको छैन ।

यो समाचार शेयर गर्नुहोस्
957SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?