National life

मागअनुसार आवेदन नपरेपछि एलआइसीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
672Shares
मागअनुसार आवेदन नपरेपछि एलआइसीको हकप्रद सेयरमा आवेदन दिने म्याद थप
ncell

काठमाडौँ । लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले हकप्रद सेयरमा आवेदन दिने म्याद थप भएको छ ।

म्याद थप भएसँगै अब पुस १७ गतेसम्म आवेदन दिन सकिनेछ। यसअघि कम्पनीले आज पुस २ गतेसम्म हकप्रद सेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद सेयरमा आवेदन दिने समय थप गरेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

लाइफ इन्सुरेन्स कर्पोरेसन (एलआइसी) नेपालले मंसिर १२ गतेदेखि १ः०.८८४५ अनुपातमा २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर जारी गरेको हो । यसले १ सय अंकित मूल्यमा २ अब ३४ करोड ६८ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ ।

एलआइसी नेपालले कात्तिक ९ गते बुक क्लोज गरिसकेको छ। तसर्थ, कात्तिक ८ गतेसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयर दाबी गर्न पाउनेछन् । यस हकप्रदमा बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङ र लाइफ इन्सुरेन्स कर्पोरेसन ९एलआइसी० नेपालको स्टार मल, पुतलीसडक काठमाडौँ तथा देशभरका देशभरका सम्पूर्ण शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ ।

यो समाचार शेयर गर्नुहोस्
672SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?