National life

युनाइटेड अजोड इन्सुरेन्सको नाफामा बढोत्तरी,यस्तो छ कम्पनीको वित्तीय अवस्था

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०१ फागुन २०८०, मङ्गलबार
744Shares
युनाइटेड अजोड इन्सुरेन्सको नाफामा बढोत्तरी,यस्तो छ कम्पनीको वित्तीय अवस्था
ncell

काठमाडौँ : युनाइटेड अजोड इन्सुरेन्स लिमिटेडले  चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म १३ करोड १४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार यो गत वर्षको यसै अवधिको तुलनामा ४८ प्रतिशतले धेरै हो। गत वर्ष यसले ८ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। लगानी तथा कर्जाबाट हुने आम्दानी बढ्दा नाफामा सुधार आएको हो।

वित्तीय विवरण अनुसार उक्त आम्दानी १० करोड ८२ लाख रुपैयाँबाट बढेर १८ करोड २७ लाख रुपैयाँ  पुगेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
त्यसै गरी, कमिसनबाट हुने आम्दानी पनि बढेको छ । कम्पनीको कुल दाबी भुक्तानी ८१ करोड २८ लाख रुपैयाँ रहेको छ। गत वर्ष ४१ करोड ४६ लाख रुपैयाँ थियो ।

हाल यस इन्सुरेन्सको चुक्ता पुँजी १ अर्ब ९० करोड ४५ लाख ६८ हजार रुपैयाँ रहेको छ । यसको रिटेन्ड अर्निङमा २१ करोड ९२ लाख रुपैयाँ रहेको छ । युनाइटेड अजोडको बिमा कोषमा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ। पुससम्म यसले ४४ करोड ४० लाख रुपैयाँ बराबरको खुद बिमा शुल्क आर्जन गरेको छ । यो गत वर्षको भन्दा ८५.३६ प्रतिशतले धेरै हो ।

गत वर्ष यसले २३ करोड ९५ लाख रुपैयाँ बराबरको बिमा शुल्क आर्जन गरेको थियो । यसको प्रतिसेयर आम्दानी पनि बढेर १३ रुपैयाँ ८५ पैसा कायम भएको छ । गत वर्ष प्रतिसेयर आम्दानी ९ रुपैयाँ ३६ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ भने १९४ रुपैयाँ ७४ पैसा रहेको छ ।

यो समाचार शेयर गर्नुहोस्
744SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?