काठमाडौँ। दसैँ प्रारम्भको पाचौं दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । मूल्यमा कीर्तिमानी रेकर्ड कायम गरेको सुनको मूल्यमा पछिल्लो दुई दिन लगातार गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ५ सय रुपैयाँले घटेको छ । जस अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ कायम भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य ५ रुपैयाँले घट्दै प्रतितोला १९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनको मूल्यमा दैनिक रूपमा घटबढको क्रम चलिरहेको भएपनी मूल्यमा भने खासै ठुलो अन्तर आउन सकेको छैन। महासंघले सुनको मूल्य बढ्ने प्रशस्त कारण भएको तर घट्ने कारण धेरै नभएको कारण मूल्य थप बढ्ने जनाएको छ ।

































