National life

वाणिज्य विभागको अनुगमन : एउटा खाद्यान्न पसलमा शिलबन्दी, ३ वटा तरकारी पसललाई ७० हजार जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०८ भदौ २०८०, शुक्रबार
723Shares
वाणिज्य विभागको अनुगमन : एउटा खाद्यान्न पसलमा शिलबन्दी, ३ वटा तरकारी पसललाई ७० हजार जरिवाना
ncell

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज पनि तरकारी केन्द्रित अनुगमन गरेको छ । प्याजलगायतका तरकारीको मूल्यमा अस्वाभाविक वृद्धि गरिएपछि विभागले अनुगमन बढाएको हो ।

बिहीबार २१ वटा फर्मको अनुगमन गरेको विभागको टोली आज पनि तरकारीका १२ पसलमा पुगेको छ । विभागले तीनवटा तरकारी पसललाई ७० हजार रुपैयाँ जरिवाना गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको बालाजुको एउटा तरकारी पसललाई विभागले ५० हजार जरिवाना गराएको छ । त्यस्तै खरिद बिलविजक नराखेका कालिमाटीका २ वटा तरकारी पसललाई १० हजारका दरले जरिवाना तिराइएको छ ।

विभागले नियमविपरीत कारोबार गर्ने कालिमाटीको एउटा खाद्यवस्तु विक्रेताको पसलमा शिल गरेको छ । त्यस्तै बिलविजक नराख्ने कालिमाटीको एउटा खाद्यवस्तु विक्रेतालाई २० हजार जरिवाना गराएको छ ।

यो समाचार शेयर गर्नुहोस्
723SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?