काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्रीमा राखेको छ। तर बैंकले बिक्रीमा राखिएको शेयर संख्या र शेयर मूल्य भने खुलाएको छैन ।
यद्यपि बिक्री गर्ने संस्थापकको नाम, शेयर संख्या र मूल्य लगायतको जानकारीका लागि कम्पनी सचिवको कार्यालयमा सम्पर्क राख्न भनिएको छ । यो शेयर खरिद गर्न इच्छुक संस्थापक लगानीकर्ताले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन दिनु बैंकले भनेको छ ।
साथै तोकिएको म्यादभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि आवेदन नपरे उक्त शेयर सर्वसाधारणका लागि खुला गरिने पनि बैंकले स्पष्ट पारेको छ।

































